काठमाडौँ, वैशाख २७ । कपिलवस्तुको महाराजगन्ज नगरपालिकाको उपमेयर पदकी उमेदवारको निधन भएको छ ।
आसन्न स्थानीय तह निर्वाचनका लागि नेपाली कांग्रेस कपिलबस्तुको तर्फबाट उपप्रमुख पदको उमेदवार बनेकी शुभावती कुर्मीको हृदयघातका कारण निधन भएको हो । हृदयघातका कारण सोमबार राति १ बजे जिल्ला अस्पताल तौलिहवामा उपचारक्रममा निधन भएको हो ।
उनको दाहसंस्कार आज विहान १० बजे बाणगंगा नदीको बरगदी घाटमा हुने परिवारिक स्रोतले जनाएको छ ।







