काठमाडौँ, वैशाख ३१ । भरतपुर महानगरपालिकाको मेयर पदमा गठबन्धनकी उम्मेदवार रेनु दाहालले नेकपा एमालेका विजय सुब्बालाई उछिनेकी छिन्। केही समयदेखि लिड गरिरहेका विजयलाई ६ भोटले पछि पार्दै रेनु अगाडि लागेकी हुन्।
हालसम्म भरतपुरमा ३५० मत गन्दा रेनुले १३३ मत पाएकी छन्। यसअघि अग्रता लिइरहेका सुवेदीले १२७ मत ल्याएका छन्।
यसैगरी नेपाली कांग्रेसका बागी उम्मेदवार जगन्नाथ पौडेलले ४१ मत ल्याएका छन्।







