प्यूठान, जेठ १ । प्यूठान नगरपालिका वडा नं २ र ३ मा गठबन्धनका प्यानल विजयी भएको छ । वडा नं. २ मा नेकपा एमालेका चेत वहादुर विष्टलाई हराउदै गठबन्धन तर्फका नेपाली कांग्रेसका मोहन सिङ विष्टसहितको प्यानल विजयी भएको छ ।
विजयी विष्टले १२०३ मत प्राप्त गर्दा एमालेका उम्मेदवार चेत बहादुर विष्टले ७८६ मत प्राप्त गरे । महिला सदस्यमा गठबन्धन कै गायित्रा पोख्रेल दलित महिला सदस्यमा पबित्रा नेपाली तथा खुला सदस्यमा नर बहादुर पोख्रेल र मोहन बिष्ट विजयी भए ।
यस्तै वडा नं ३ मा नेकपा एमालेका किरण के.सीलाई पराजित गर्दै माओवादी केन्द्रका सुमन श्रेष्ठ विजयी भएका छन् । श्रेष्ठले ९९५ प्राप्त गर्दा एमालेका उम्मेदवार केसीले ८१९ मत प्राप्त गरे । गठबन्धन कै महिला सदस्य शान्ता खड्का मगर, दलित महिला सदस्य सरिता सुनार, खुल्ला सदस्य जगत सुनार र मिन बहादुर खड्का विजयी भएका छन् ।







