काठमाडौँ, जेठ १ । ताराखोला गाउँपालिकाको अध्यक्षमा माओवादी केन्द्रका उम्मेद्वार धनबहादुर विक विजयी भएका छन् ।
विक दुई हजार २८५ मत पाउँदै प्यानलसहित अध्यक्षमा निर्वाचित भएका हुन्। उनका निकटतम प्रतिद्वन्द्वी प्रकाश घर्तीले २०९० मत पाए।
२०७४ को स्थानीय तह निर्वाचनमा माओवादीबाट अध्यक्ष जितेका प्रकाशले यस पटक टिकट नपाएपछि पार्टीबाट राजीनामा दिएर उम्मेदवारी दिएका हुन्।







