काठमाडौँ, जेठ १ । भरतपुर महानगरपालिकाको मेयरमा प्रतिस्पर्धी विजय सुवेदीलाई ६८ मतले पछि पार्दै रेनु दाहालले अग्रता कायमै राखेकी छन् ।
महानगरपालिको मुख्य निर्वाचन अधिकृतको कार्यालयले दिएको पछिल्लो जानकारी अनुसार रेनुले १ हजार ३ सय ७३ मत ल्याउँदा विजयले १ हजार ३ सय ५ मत ल्याएका छन् ।
मेयरमा उठेका बागी उम्मेदवार जगन्नाथ पौडेलले ४७० मत ल्याएका छन् ।







