काठमाडौँ, जेठ २ । भरतपुर महानगरपालिकाको मेयरमा माओवादी केन्द्रकी रेणु दाहाल र एमालेका विजय सुवेदीबीच कडा प्रतिस्पर्धा भइरहेको छ। पछिल्लो परिणाममा माओवादी उम्मेदवार दाहालले अग्रता लिएकी छन्।
१५ हजार २३१ मत गणना हुँदा रेणुले ५ हजार १०१ मत प्राप्त गरेकी छन्। एमालेका सुवेदीले ५ हजार ८९ प्राप्त गरेका छन्। रेणुले १२ मतले अग्रता लिएकी हुन्। स्वतन्त्र उम्मेदवार जगन्नाथ पौडेलले २ हजार ३९६ मत प्राप्त गरेका छन्।
उपप्रमुखमा कांग्रेसका चित्रसेन अधिकारीले ६ हजार १२२ मत प्राप्त गरेका छन्। राप्रपाकी हिमला गुरुङले ४ हजार १०४ मत प्राप्त गरेकी छन्।
वडा नम्बर ४ को मत गणना हुँदा वडाध्यक्षमा कांग्रेसका अर्पण पोखरेलले १ हजार ६४६ मत प्राप्त गरेका छन् भने एमालेका भानुभक्त सापकोटाले १ हजार ४६ मत प्राप्त गरेका छन्।







