प्यूठान, जेठ ३ । स्वर्गद्वारी नगरपालिका वडा नं. ६ र ८ मा गठबन्धनको उम्मेद्वार विजयी हुदा वडा नं ९ मा एमालेका उम्मेद्वार विजयी भएका छन् । वडा नं. ६ मा गठबन्धनका गिर बहादुर गुरुङ, ८ मा खोप बहादुर राउत र ९ मा एमालेका नर वहादुर विएमसहितको प्यानल विजयी भएका हुन् ।
६ नम्वरका वडा अध्यक्ष गुरुङले ६९७ मत प्राप्त गर्दा उनका प्रतिस्पर्धी एमालेका भुपलाल गोराथोकीले ४७५ मत प्राप्त गरे । यस्तै वडा नं ८ को वडा अध्यक्ष राउतले ७८३ मत प्राप्त गर्दा उनर्का प्रतिस्पर्धी एमालेका आनन्द थापाले ४६६ मत प्राप्त गरे ।
वडा नं ९ मा नेकपा एमालेका उम्मेद्वारले ८९२ मत प्राप्त गर्दा उनको प्रतिस्पर्धी गठबन्धनका उम्मेद्वार खिमानन्द योगिले ४३२ मत प्राप्त गरे ।







