• गृहपृष्ठ
  • समाचार
  • विश्व
  • राजनिती
  • स्वास्थ्य
  • खेलकुद
  • मनोरन्जन
  • प्रविधि
  • विज्ञान
  • शिक्षा
  • भिडियो
  • अन्तर्वाता
×
☰
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • गृहपृष्ठ
    • गृहपृष्ठ
    • समाचार
    • विश्व
    • राजनिती
    • स्वास्थ्य
    • खेलकुद
    • मनोरन्जन
    • प्रविधि
    • विज्ञान
    • शिक्षा
    • भिडियो
    • अन्तर्वाता

ट्रेण्डिङ :

    football बुटवल खेलकुद cricket koche nepal.com power news sports messi प्युठान covid-19 अखिल (क्रान्तिकारी)

युगान्डाविरुद्धको अन्तिम टी–ट्वान्टी क्रिकेटमा नेपाल विजयी


  •    सुचना डबली डेस्क / २०७९, ७ जेष्ठ शनिबार प्रकाशीत

  • Advertisement

    काठमाडौँ, जेठ ७ । युगान्डाविरुद्धको पाँचौ तथा अन्तिम टी–ट्वान्टी क्रिकेटमा नेपाल विजयी बनेको छ । शनिबार त्रिवि मैदानमा नेपालको राष्ट्रिय महिला क्रिकेट टिमले सिरिजको अन्तिम खेलमा पाहुना टोली युगान्डालाई ३४ रनले पराजित गर्यो । पाँच म्याचको टी–ट्वान्टी सिरिजमा युगान्डा ३–२ ले विजयी बनेको छ । घरेलु टोली नेपालले जित सहित सिरिजको अन्त्य गरेको छ ।

    त्रिवि मैदानमा १ सय २४ रनको लक्ष्य पछ्याएको युगान्डाले ६ विकेट गुमाएर ९० रन मात्र बनाउन सक्यो । नेपालको कसिलो बलिङ समक्ष युगान्डाको ब्याटिङ चल्न सकेन । नेपालकी इन्दु वर्मा र सिता राना मगरले समान दुई दुई विकेट लिए । आस्मिना कर्मचार्य र हिरामाइ रोयले समान एक एक विकेट लिए ।

    यसअघि, युगान्डाले टस जितेर फिल्डिङ रोजेपछि ब्याटिङमा उत्रिएको नेपालले निर्धारित ओभमार ६ विकेट गुमाएर १ सय २३ रन बनाएको थियो । नेपालका लागि ज्योति पाण्डेले सर्वाधिक ४९ रन बनाईन् । सिताराना मगरले १७ रन बनाएको इनिङ्समा इन्दु वर्माले ८ रन बनाईन् । कबिता जोशीले नटआउट १८ रन बनाउदा अपसरी बेगम ११ रनमा आउट भईन् । रुबिना क्षेत्री र डोली भट्ट दुवै शुन्य रनमा पोविलियन फर्किए ।

    युगान्डाका कान्सी अवेकोस र फियोना कुलुमेले समान एक एक विकेट लिए । पाहुना टोली युगान्डाले लगातार तीन खेलमा जित निकाल्दै दुई खेल अगावै सिरिज जितिसकेको थियो । नेपाल क्रिकेट संघ क्यानले राष्ट्रिय महिला क्रिकेट टिमका लागि सिरिजको आयोजना गरेको थियो ।

    नेपालले युगान्डाविरुद्धको पहिलो खेलमा १२ रनले गुमाएको थियो भने दोस्रो खेलमा एक विकेटको पराजय भोगेको थियो । तेस्रो खेलमा नेपालले ६ विकेटको हार ब्यहोरेको थियो भने चौथो खेलमा युगान्डालाई १५ रनले हराएको थियो ।

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    एनपीएलको दोस्रो सिजन आजबाट सुरु, उद्घाटन खेलमा जनकपुर र काठमाडौँ भिड्दै
    प्रधानमन्त्रीसहित १० मन्त्रीले बुझाए सम्पत्ति विवरण
    जेनजीले प्रधानमन्त्रीलाई बुझाए सम्झाैताकाे मस्याैदा
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    ताजा अपडेट
    • १. एनपीएलको दोस्रो सिजन आजबाट सुरु, उद्घाटन खेलमा जनकपुर र काठमाडौँ भिड्दै

    • २. प्रधानमन्त्रीसहित १० मन्त्रीले बुझाए सम्पत्ति विवरण

    • ३. जेनजीले प्रधानमन्त्रीलाई बुझाए सम्झाैताकाे मस्याैदा

    • ४. धनुषामा गोली हानेर वडाध्यक्षको हत्या

    • ५. मतदाता नामावली संकलन म्याद ५ दिन थपियो

    धेरै पढिएको

    हाम्रो बारेमा

    सूचना विभाग दर्ता न:१६८४/०७६-७७

    सम्पादक:किशोर पुन मगर

    संवाददाता:विन्दु खनाल 

    सम्पर्क

    स्वर्गद्वारी न. पा. ४, प्युठान

    मोबाइल नम्बर :९८६८६१९८८४ 

    E-mail :suchanadabalimedia@gmail.com

    फेसबुकमा हामी

    © 2020 suchanadabali.com | All rights Reserved.
     Website By :  nwTech.