काठमाडौँ, जेठ ७ । तीव्र गतिमा रहेको जीप दुर्घटना हुँदा ३ जनाको मृत्यु भएको छ भने अन्य ५ जना घाइते भएका छन् । मकवानपुरको इन्द्रसरोवर गाउँपालिका वडा नम्बर २ स्थित कुलेखानी सिमखोलाको पुलमा ठोक्किएर जीप दुर्घटना भएको हो ।
शनिबार साँझ वीरगन्जबाट काठमाडौंतर्फ जाँदै गरेको ना ४ च २३१५ नम्बरको जिप दुर्घटनामा परेको जिल्ला प्रहरी कार्यालय मकवानपुर प्रहरी नायव उपरीक्षक टेक बहादुर कार्कीले बताए ।
जीपमा सवार अन्य ५ जना घाइते भएको उनले बताए । तिव्र गतिका कारण जिप अनियन्त्रित भइ पुलमा ठोक्किएर दुर्घटना भएको बताउँदै उनले घाइतेहरुलाई उपचारका लागि हेटौंडा पठाइएको बताए ।
दुर्घटनामा मृत्यु भएकाको सनाखत हुन बाँकी रहेको प्रहरीको भनाइ छ ।







