काठमाडौँ, जेठ ७ । भरतपुर महानगरपालिकाको मेयरमा नेकपा माओवादी केन्द्रकी उम्मेदवार रेणु दाहालले अग्रता बढाउँदै लगेकी छन् । रेणुले नेकपा ९एमाले०का विजय सुवेदीलाई ६ हजार ५४० मतान्तरले पछि पारेकी छन् ।
हालसम्म ७९ हजार ९१० मत गणना गर्दा गठबन्धनबाट मेयरको उम्मेदवार बनेकी रेनु दाहालले ३१ हजार १२२ मत प्राप्त गरेकी छन् । त्यस्तै नेकपा ९एमाले०का विजय सुवेदीले २४ हजार ५८२ मत पाएका छन् ।
स्वतन्त्र उम्मेदवार जगन्नाथ पौडेलले १० हजार ९७८ मत प्राप्त गरेका छन् । त्यस्तै उपमेयरतर्फ नेपाली काँग्रेसका चित्रसेन अधिकारीले ३३ हजार ५३१ मतका साथ अग्रता कायम राखेका छन् । राप्रपाकी हिमला गुरुङले १९ हजार १०४ मत प्राप्त गरेकी छन् ।
कांग्रेसका अधिकारी राप्रपाकी गुरुङ भन्दा १४ हजार ४२७ मतले अगाडि रहेका छन् । हालसम्म भरतपुर महानगरको वडा नम्बर १ देखि १४ सम्मको मत गणना भइसकेको छ, भने पछिल्लो समय वडा नम्बर १५ र १६ को मत गणना भइरहेको छ ।