
काठमाडौँ, जेठ ९ । कञ्चनपुरको भीमदत्त नगरपालिकामा नेपाली कांग्रेस विजयी भएको छ । नगर प्रमुखमा पदम बोगटी र उपप्रमुखमा निलम जोशी निर्वाचित भएका छन् ।
निर्वाचित बोगटीले १५ हजार ८८२ मत पाउँदा निकटतम प्रतिस्पर्धी नेकपा एमालेका महेश पन्तले ८ हजार १४९ मत पाए भने राप्रपाका गजेन्द्रबहादुर चन्दले ७ हजार १०५ मत पाएका छन् ।
उपप्रमुखमा निर्वाचित जोशीले १२ हजार २१६ मत पाउँदा निकटतम प्रतिस्पर्धी नेकपा माओवादी केन्द्रका कृष्णदत्त जोशीले १० हजार ५९६ मत पाए भने एमालेकी भुवन कुँवरले ७ हजार ९९० मत पाएकी छन् ।