• गृहपृष्ठ
  • समाचार
  • विश्व
  • राजनिती
  • स्वास्थ्य
  • खेलकुद
  • मनोरन्जन
  • प्रविधि
  • विज्ञान
  • शिक्षा
  • भिडियो
  • अन्तर्वाता
×
☰
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • गृहपृष्ठ
    • गृहपृष्ठ
    • समाचार
    • विश्व
    • राजनिती
    • स्वास्थ्य
    • खेलकुद
    • मनोरन्जन
    • प्रविधि
    • विज्ञान
    • शिक्षा
    • भिडियो
    • अन्तर्वाता

ट्रेण्डिङ :

    football खेलकुद बुटवल cricket koche nepal.com power news covid-19 messi sports nepal sandeep

पाठ्यपुस्तक छपाइमा ढिलाइ


  •    सुचना डबली डेस्क / २०७९, १२ जेष्ठ बिहीबार प्रकाशीत

  • Advertisement
    Advertisement
    Advertisement

    काठमाडौँ, जेठ १२ । शैक्षिक सत्र सुरु भएर पठनपाठन अघि बढ्दा पनि पाठ्यपुस्तक छपाइ नसकिएपछि संसदीय समितिले चासो देखाएको छ । प्रतिनिधिसभाअन्तर्गतको शिक्षा तथा स्वास्थ्य समितिले विद्यार्थीका लागि पाठ्यपुस्तक छाप्ने जिम्मेवारी पाएको सरकारी निकाय जनक शिक्षा सामग्री केन्द्र लिमिटेडका अधिकारीलाई बोलाएर यस विषयमा जवाफ मागेको हो ।

    समितिले पुस्तक छपाइमा भइरहेको ढिलाइप्रति जवाफ मागेपछि केन्द्रका अधिकारीले भने स्थानीय तह निर्वाचन र रुस–युक्रेन युद्धका कारण काम गर्न नसकिएको भन्दै पन्छिने प्रयास गरेको छ ।

    जनक शिक्षा सामग्री केन्द्र लिमिटेडका प्रबन्ध निर्देशक अनिलकुमार झाले समितिको बुधबारको बैठकमा स्थानीय तह निर्वाचनका लागि मतपत्र छाप्नुपरेको भएकाले र रुस–युक्रेन युद्धका कारण कागज आउन ढिला हुँदा छपाइको काम प्रभावित भएको जनाएका छन् । समितिको बैठकमा उनले गत १० चैतसम्म आइपुग्नुपर्ने कागज अहिले मात्रै आएको जनाएका छन् । कागज आउन ढिलाइ भएकाले असार पहिलो सातासम्म छपाइ सकिने पनि उनको भनाइ छ ।

    झाले २ करोड पुस्तक छाप्नुपर्नेमध्ये करिब ३५ लाख मात्रै पाठ्यपुस्तक छाप्न बाँकी रहेको बताएका छन् । छापिएका पाठ्यपुस्तक ९ जेठदेखि देशभरका नौवटा डिपोबाट वितरण थालिएको र दुर्गम हिमाली र पहाडी जिल्लाका विद्यार्थीलाई प्राथमिकता दिएर वितरण कार्य भइरहेको उनको भनाइ छ । छाप्न बाँकी पाठ्यपुस्तक प्रज्ञा प्रतिष्ठानको छापाखानामा पनि छपाइ गर्ने तयारी भएको उनको भनाइ थियो । यो खबर आजको राजधानी दैनिकमा छापिएको छ ।

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    नेपाल विश्वकप क्वालिफायरमा
    सिद्धार्थ गाैतम बुद्ध क्याम्पसमा जनसंख्या शिक्षा सम्बन्धी कार्यशाला गोष्ठी सम्पन्न
    निराकारको शव शुक्रबार राति नेपाल आइपुग्ने
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    ताजा अपडेट
    • १. नेपाल विश्वकप क्वालिफायरमा

    • २. कांग्रेस लुम्बिनी प्रदेश संसदीय दलको सचेतकमा निमा गिरी नियुक्त

    • ३. स्ववियु निर्वाचन : उत्साहजनक उम्मेदवारी दर्ता

    • ४. उपराष्ट्रपति पदका लागि चार जनाको उम्मेदवारी

    • ५. जाल्पा लघुबित्तका शाखा प्रमुख भण्डारीद्वारा जन्मदिनको अवसरमा शैक्षिक सामाग्री सहयोग

    धेरै पढिएको
    • १. नेपाल विश्वकप क्वालिफायरमा

    • २. कांग्रेस लुम्बिनी प्रदेश संसदीय दलको सचेतकमा निमा गिरी नियुक्त

    हाम्रो बारेमा

    सूचना विभाग दर्ता न:१६८४/०७६-७७

    अध्यक्ष:शिशिर के.सी.

    सम्पादक:किशोर पुन मगर

    संवाददाता:टुआर क्षेत्री

    सम्पर्क

    का.म.पा. २९ अनामनगर

    मोबाइल नम्बर :९८६८६१९८८४ 

    E-mail :suchanadabalimedia@gmail.com

    फेसबुकमा हामी

    © 2020 suchanadabali.com | All rights Reserved.
     Website By :  nwTech.