काठमाडौँ, जेठ १३ । इन्डियन प्रिमियर लिग (आईपीएल) टी-ट्वान्टी क्रिकेटको दोस्रो क्वालिफायर खेल आज शुक्रबार हुँदैछ।
अहमदाबादमा हुने दोस्रो क्वालिफायरमा राजस्थान रोयल्स र रोयल च्यालेन्जर्स बैंगलोरबीच प्रतिस्पर्धा हुनेछ । खेल राति ७:४५ बजे सुरु हुनेछ।
आज दुबै टोली जित निकाल्दै फाइनल पुग्ने योजनामा रहेका छन् । यस खेलको विजेताले फाइनलमा गुजरात टाइटन्ससँग प्रतिस्पर्धा गर्नेछ ।







