काठमाडौँ, जेठ १६ । तारा एयरको दुर्घटनाग्रस्त जहाज फेला परेको छ ।
आइतवारदेखि बेपत्ता भएको तारा एयर थासाङ गाउँपालिका अन्तर्गत कोबाङ गाउँको माथी सानुसरे भन्ने स्थानमा क्षत विच्छेद अवस्थामा भेटिएको हो । तारा एयरको दूर्घटनाग्रस्त जहाज फेला परेकोले त्यसतर्फ सेनाहरू गएको स्रोते बताएको छ । थप विवरण भने आइनसकेको बताइएको छ ।
आइतवार बिहान ९ः५५ मा पोखराबाट उडेको जहाज १०ः१५ मा मुस्ताङको जोमसोम विमानस्थलमा अवतरण गर्नुपर्ने थियो । तर १०ः०७ बजेदेखि जहाज सम्पर्कविहीन थियो । तारा एयरको ९ एन एइटी जहाज मुस्ताङको आकाशमा पुगिसकेपछि १० बजेर ७ मिनेटमा अन्तिम पटक जोमसोम विमानस्थलको टावरसँग सम्पर्कमा आएको थियो । जहाजमा चालक दलका दुई जना अन्य सदस्य र १९ यात्रु थिए ।







