• गृहपृष्ठ
  • समाचार
  • विश्व
  • राजनिती
  • स्वास्थ्य
  • खेलकुद
  • मनोरन्जन
  • प्रविधि
  • विज्ञान
  • शिक्षा
  • भिडियो
  • अन्तर्वाता
×
☰
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • गृहपृष्ठ
    • गृहपृष्ठ
    • समाचार
    • विश्व
    • राजनिती
    • स्वास्थ्य
    • खेलकुद
    • मनोरन्जन
    • प्रविधि
    • विज्ञान
    • शिक्षा
    • भिडियो
    • अन्तर्वाता

ट्रेण्डिङ :

    football बुटवल खेलकुद cricket koche nepal.com power news sports messi प्युठान covid-19 अखिल (क्रान्तिकारी)

झापा फुटबल क्लब सहिद स्मारक बी डिभिजन लिगमा बढुवा


  •    सुचना डबली डेस्क / २०७९, १६ जेष्ठ सोमबार प्रकाशीत

  • Advertisement

    काठमाडौँ, जेठ १६ । पूर्वी नेपालको झापा फुटबल क्लब सहिद स्मारक बी डिभिजन लिगमा बढुवा भएको छ। नेपाली फुटबल लिग पिरामिडअनुसार सी डिभिजन लिगको शीर्षस्थानमा रहँदै झापा फुटबल क्लबले बी डिभिजनको यात्रा तय गरेको हो।

    सी डिभिजनको जारी लिगमा झापा एफसी १२ खेलबाट १० जितका साथ ३१ अंक बनाएर लिगको शीर्षस्थानमा छ। कुनै पनि क्लबलाई सी डिभिजनबाट बढुवा हुनका लागि अंक तलिकाको शीर्ष दुईमा पर्नुपर्ने लिगको नियम छ। त्यसमा झापा फुटबल क्लब लिग सकिँदा तेस्रो स्थानको टिमभन्दा माथि रहने भएकाले उसले बी डिभिजनको यात्रा तय गरेको हो।

    अहिले २८ अंंक भएका प्लानिङ बोइज र आरसी ३२ क्रमशः दोस्रो र तेस्रो स्थानमा छन्। यि दुई टिमभन्दा झापा ११ तीन अंकले अघि रहेको छ। र, झापाले यसअघि नै आरसी ३२ लाई हराइसकेको छ। अन्तिम खेलमा उसले हार बेहोरेको अवस्थामा पनि हेड टू हेडका आधारमा झापा क्लब आरसी ३२ भन्दा अघि नै रहने भएकाले उसले बी डिभिजनको यात्रा तय गरेको हो।

    एन्फा कम्लेक्समा आज सम्पन्न खेलमा झापाले विरगन्ज युवा क्लबलाई ५–० ले हराएसँगै ऊ बढुवा भएको हो। आजको खलमा पुजन राईले ह्याट्रिकसहित चार गोल गरे भने सन्तोष लावतिले एक गोल गरे। यता आजको पराजयसँगै विरगञ्ज युवा एकेडेमी भने सी डिभिजन छानेट खेल्ने अवस्थामा पुगेको छ। उसले अब नेपाली लिग खेल्नका लागि सी डिभिजनको छनोट खेल खेल्नुनर्पे छ।

    यता ओएसीस युवा क्लब पनि सी डिभिजन छनोट खेल्ने अवस्थामा पुगेको छ। वीरगन्जले १२ खेलबाट ५ अंक बनाएको छ भने ओएसीसले १२ खेलबाट चार अंक बनाएको छ। अब सी डिभिजन लिगको अन्तिम चरणका खेल मात्र बाँकी रहेका छन्। अन्तिम चरणको खेल तालिका आज सार्वजनिक भएको छ। अन्तिम खेलमा झापा ११ ले १२ औं स्थानको स्वयम्भूसँग खेल्नेछ। यता बी डिभिजनबाट बढुवा हुने अर्को क्लबको भने अन्तिम राउन्डको खेलपछि मात्र टुंगो लाग्ने भएको छ।

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    एनपीएलको दोस्रो सिजन आजबाट सुरु, उद्घाटन खेलमा जनकपुर र काठमाडौँ भिड्दै
    प्रधानमन्त्रीसहित १० मन्त्रीले बुझाए सम्पत्ति विवरण
    जेनजीले प्रधानमन्त्रीलाई बुझाए सम्झाैताकाे मस्याैदा
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    ताजा अपडेट
    • १. एनपीएलको दोस्रो सिजन आजबाट सुरु, उद्घाटन खेलमा जनकपुर र काठमाडौँ भिड्दै

    • २. प्रधानमन्त्रीसहित १० मन्त्रीले बुझाए सम्पत्ति विवरण

    • ३. जेनजीले प्रधानमन्त्रीलाई बुझाए सम्झाैताकाे मस्याैदा

    • ४. धनुषामा गोली हानेर वडाध्यक्षको हत्या

    • ५. मतदाता नामावली संकलन म्याद ५ दिन थपियो

    धेरै पढिएको

    हाम्रो बारेमा

    सूचना विभाग दर्ता न:१६८४/०७६-७७

    सम्पादक:किशोर पुन मगर

    संवाददाता:विन्दु खनाल 

    सम्पर्क

    स्वर्गद्वारी न. पा. ४, प्युठान

    मोबाइल नम्बर :९८६८६१९८८४ 

    E-mail :suchanadabalimedia@gmail.com

    फेसबुकमा हामी

    © 2020 suchanadabali.com | All rights Reserved.
     Website By :  nwTech.