• गृहपृष्ठ
  • समाचार
  • विश्व
  • राजनिती
  • स्वास्थ्य
  • खेलकुद
  • मनोरन्जन
  • प्रविधि
  • विज्ञान
  • शिक्षा
  • भिडियो
  • अन्तर्वाता
×
☰
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • गृहपृष्ठ
    • गृहपृष्ठ
    • समाचार
    • विश्व
    • राजनिती
    • स्वास्थ्य
    • खेलकुद
    • मनोरन्जन
    • प्रविधि
    • विज्ञान
    • शिक्षा
    • भिडियो
    • अन्तर्वाता

ट्रेण्डिङ :

    football बुटवल खेलकुद cricket koche nepal.com power news sports messi प्युठान covid-19 अखिल (क्रान्तिकारी)

नेपाल पनि मंकिपक्सको जोखिममा


  •    सुचना डबली डेस्क / २०७९, १८ जेष्ठ बुधबार प्रकाशीत

  • Advertisement

    काठमाडौँ, जेठ १८ । हाल दक्षिण अफ्रिकासहित विश्वका १४ भन्दा बढी देशमा फैलिरहेको मंकिपक्स भाइरस नेपालमा पनि फैलनसक्ने जोखिम रहेको विज्ञले औंल्याएका छन्।

    संक्रमित देशहरूबाट आवत–जावत भइरहेकाले नेपाल मंकिपक्सको जोखिममा रहेको उनीहरूको तर्क छ। विश्व स्वास्थ्य संगठन डब्लुएचओका अनुसार अफ्रिकी मुलुकमा करिब एक महिनाअघि देखिएको यो भाइरसबाट विभिन्न १४ मुलुकमा गरी २ सय जना संक्रमित भइसकेका छन्।

    मंकिपक्स भाइरस बाँदर, मुसा, लोखर्के, जंगली जनावरबाट मानिसमा संक्रमण भएको र पछि मानिसबाट मानिसमा फैलिएको डब्लुएचओले जनाएकोे छ। संक्रमित व्यक्तिको घाउबाट निस्केको तरल पदार्थ, मुखबाट खोक्दा निस्कने छिटा र यौन सम्पर्कबाट समेत यो भाइरस सर्ने पछिल्लो अध्ययनले औंल्याएको छ।

    संक्रमित राष्ट्रहरूमा समलिंगीहरूमा यो संक्रमण बढी फैलिएकाले यौन सम्पर्कबाट पनि सर्ने देखिएको हो। मंकिपक्स संक्रमण भएपछि छालामा फोका उठ्ने, बिमिरा आउने, ज्वरो आउने र ग्रन्थीहरू सुन्निनेजस्ता लक्षण देखिन्छन्।

    यो भाइरसले शरीरका अन्य अंगमा असर गरी बिरामीको मृत्युसमेत हुन सक्छ। सामान्य अवस्थामा यो भाइरस संक्रमणका लक्षण २१ दिनपछि आफैं हराएर जाने विज्ञ बताउँछन्। चिकित्सकका अनुसार यसको असर बढी मात्रामा बालबालिका र वृद्धवृद्धामा पर्छ। संक्रमण भएमा तीन दिनदेखि चार सातासम्म लक्षण रहने भएकाले यो भाइरस एक व्यक्तिबाट अर्कोमा सर्ने सम्भावना बढी रहन्छ।

    नेपालमा सम्भावित जोखिमलाई न्यूनीकरण गर्न नेपाल प्रवेश गर्ने स्थान, अन्तर्राष्ट्रिय विमानस्थल र सीमानाकाका स्वास्थ्यकर्मीलाई सजग रहन निर्देशन दिइसकेको राष्ट्रिय इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका निर्देशक डा।चुमनलाल दासले बताए। यो खबर आजको नागरिक दैनिकमा छापिएको छ ।

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    प्रधानमन्त्रीसहित १० मन्त्रीले बुझाए सम्पत्ति विवरण
    जेनजीले प्रधानमन्त्रीलाई बुझाए सम्झाैताकाे मस्याैदा
    धनुषामा गोली हानेर वडाध्यक्षको हत्या
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    ताजा अपडेट
    • १. एनपीएलको दोस्रो सिजन आजबाट सुरु, उद्घाटन खेलमा जनकपुर र काठमाडौँ भिड्दै

    • २. प्रधानमन्त्रीसहित १० मन्त्रीले बुझाए सम्पत्ति विवरण

    • ३. जेनजीले प्रधानमन्त्रीलाई बुझाए सम्झाैताकाे मस्याैदा

    • ४. धनुषामा गोली हानेर वडाध्यक्षको हत्या

    • ५. मतदाता नामावली संकलन म्याद ५ दिन थपियो

    धेरै पढिएको

    हाम्रो बारेमा

    सूचना विभाग दर्ता न:१६८४/०७६-७७

    सम्पादक:किशोर पुन मगर

    संवाददाता:विन्दु खनाल 

    सम्पर्क

    स्वर्गद्वारी न. पा. ४, प्युठान

    मोबाइल नम्बर :९८६८६१९८८४ 

    E-mail :suchanadabalimedia@gmail.com

    फेसबुकमा हामी

    © 2020 suchanadabali.com | All rights Reserved.
     Website By :  nwTech.