• गृहपृष्ठ
  • समाचार
  • विश्व
  • राजनिती
  • स्वास्थ्य
  • खेलकुद
  • मनोरन्जन
  • प्रविधि
  • विज्ञान
  • शिक्षा
  • भिडियो
  • अन्तर्वाता
×
☰
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • गृहपृष्ठ
    • गृहपृष्ठ
    • समाचार
    • विश्व
    • राजनिती
    • स्वास्थ्य
    • खेलकुद
    • मनोरन्जन
    • प्रविधि
    • विज्ञान
    • शिक्षा
    • भिडियो
    • अन्तर्वाता

ट्रेण्डिङ :

    football बुटवल खेलकुद cricket koche nepal.com power news sports messi प्युठान covid-19 अखिल (क्रान्तिकारी)

भारतबाट बढेर आयो पेट्रोलको मूल्य


  •    सुचना डबली डेस्क / २०७९, १८ जेष्ठ बुधबार प्रकाशीत

  • Advertisement

    काठमाडौँ, जेठ १८ । इन्डियन आयल कर्पोरेशन आइओसीले नेपाल आयल निगमलाई पेट्रोलियम पदार्थको नयाँ मूल्य सूची पठाएको छ। केही समययता निरन्तर उकालो लागिरहेको पट्रोलको भाउ यो पटक पनि उँभो लाग्ने देखिएको छ। डिजेलमा भने केही मूल्य घटेर आएको छ। नयाँ मूल्यका आधारमा पनि पाक्षिक रुपमा पेट्रोलमा ६७ करोड, डिजेलमा एक अर्ब ३० करोड र एलपी ग्यासमा एक अर्ब ४३ करोड रुपैयाँ घाटा नै रहेको निगमले जनाएको छ।

    मूल्य समायोजनअघि निगमले जारी गरेको विज्ञप्ति अनुसार पेट्रोलमा आठ रुपैयाँ २१ पैसाले भाउ बढेर आएको छ। यस्तै, मट्टीतेलमा करिब सात रुपैयाँ भाउ बढेर आएको छ। डिजेल र ग्यासको मूल्य भने घटेर आएको छ। डिजेलमा सात रुपैयाँ र ग्यासमा २२ रुपैयाँ भाउ घटृेर आएको छ।

    निगमका अनुसार नयाँ मूल्य सूची अनुसार पेट्रोलमा प्रतिलिटर २२ रुपैयाँ ९३ पैसा र डिजेलमा १९ रुपैयाँ ७३ पैसा घाटा रहेको छ। अहिले पेट्रोल प्रतिलिटर १८० र डिजेल १६३ मा कारोबार भइरहेको छ। निगमले आइओसीलाई मे महिनाका लागि ४३ अर्ब भुक्तानी गर्नुपर्नेमा २२ अर्ब ४० करोड रुपैयाँमात्र भुक्तानी गर्न सकेको जनाएको छ। १६ अर्ब भुक्तानी अझै बाँकी रहेको निगमले जनाएको छ।

    आर्थिक वर्षको वैशाख मसान्तसम्म निगमलाई ४७ अर्ब नोक्सानी भइरहेको र असारसम्म ६० अर्ब पुग्ने प्रक्षेपण निगमको छ। आपूर्तिलाई सहज गर्न मूल्य समायोजन आवश्यक रहेको निगमले विज्ञप्तिमा जनाएको छ।

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    एनपीएलको दोस्रो सिजन आजबाट सुरु, उद्घाटन खेलमा जनकपुर र काठमाडौँ भिड्दै
    प्रधानमन्त्रीसहित १० मन्त्रीले बुझाए सम्पत्ति विवरण
    जेनजीले प्रधानमन्त्रीलाई बुझाए सम्झाैताकाे मस्याैदा
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    ताजा अपडेट
    • १. एनपीएलको दोस्रो सिजन आजबाट सुरु, उद्घाटन खेलमा जनकपुर र काठमाडौँ भिड्दै

    • २. प्रधानमन्त्रीसहित १० मन्त्रीले बुझाए सम्पत्ति विवरण

    • ३. जेनजीले प्रधानमन्त्रीलाई बुझाए सम्झाैताकाे मस्याैदा

    • ४. धनुषामा गोली हानेर वडाध्यक्षको हत्या

    • ५. मतदाता नामावली संकलन म्याद ५ दिन थपियो

    धेरै पढिएको

    हाम्रो बारेमा

    सूचना विभाग दर्ता न:१६८४/०७६-७७

    सम्पादक:किशोर पुन मगर

    संवाददाता:विन्दु खनाल 

    सम्पर्क

    स्वर्गद्वारी न. पा. ४, प्युठान

    मोबाइल नम्बर :९८६८६१९८८४ 

    E-mail :suchanadabalimedia@gmail.com

    फेसबुकमा हामी

    © 2020 suchanadabali.com | All rights Reserved.
     Website By :  nwTech.