काठमाडौँ, जेठ १९ । नेपाल आयल निगमले पेट्रोल, डिजल र मट्टीतेलमा प्रतिलिटर १०/१० रुपैयाँ घटाएको छ ।
आज बिहीवार राति १२ बजेदेखि लागू हुने गरी निगमले पेट्रोल, डिजल र मट्टीतेलको मूल्य घटाएको हो ।
मूल्य घटेसँगै अब पेट्रोल लिटरको एक सय ७० र डिजलरमट्टीतेल लिटरको एक सय ५३ रुपैयाँमा झरेको छ ।







