काठमाडौँ, जेठ २० । प्रतिनिधिसभाबाट विनियोजन विधेयक २०७९/८० बहुमतले पारित भएको छ । बजेटको नीति तथा कार्यक्रम, विनियोजन बजेटको विधेयक शुक्रबार बसेको सभाको बहुमतले पारित गरेको हो । योसँगै आगामी आर्थिक वर्ष २०७९/८० को बजेट पास भएको छ ।
गत आइतबार अर्थमन्त्री शर्माले संघीय संसदको दुवै सदनको संयुक्त बैठकमा आर्थिक वर्ष २०७९/०८० को १७ खर्ब ९३ अर्ब र ८३ करोडको बजेट प्रस्तुत गरेका थिए ।
गत सोमबारदेखि प्रतिनिधिसभामा भएको छलफलपछि बजेट पारित भएको हो । बजेटमाथि उठेका प्रश्नको अर्थमन्त्री शर्माले जवाफ दिएका थिए ।







