• गृहपृष्ठ
  • समाचार
  • विश्व
  • राजनिती
  • स्वास्थ्य
  • खेलकुद
  • मनोरन्जन
  • प्रविधि
  • विज्ञान
  • शिक्षा
  • भिडियो
  • अन्तर्वाता
×
☰
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • गृहपृष्ठ
    • गृहपृष्ठ
    • समाचार
    • विश्व
    • राजनिती
    • स्वास्थ्य
    • खेलकुद
    • मनोरन्जन
    • प्रविधि
    • विज्ञान
    • शिक्षा
    • भिडियो
    • अन्तर्वाता

ट्रेण्डिङ :

    football बुटवल खेलकुद cricket koche nepal.com power news sports messi प्युठान covid-19 अखिल (क्रान्तिकारी)

देशको अधिकांश भू-भागमा हल्कादेखि मध्यम वर्षाको सम्भावना


  •    सुचना डबली डेस्क / २०७९, २५ जेष्ठ बुधबार प्रकाशीत

  • Advertisement

    काठमाडौँ, जेठ २५ । देशको अधिकांश क्षेत्रमा आंशिकदेखि सामान्य बदली रही केही स्थानमा हल्कादेखि मध्यम वर्षा हुने भएको छ। हाल नेपालको पूर्वी भू–भागमा मनसुनी वायुको प्रभाव र मध्य तथा पश्चिमी भू–भागमा स्थानीय वायुको प्रभाव रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ।

    उक्त प्रणालीको प्रभावले प्रदेश नं १, मधेस प्रदेश, बागमती र गण्डकी प्रदेशमा सामान्यदेखि पूर्ण बदली रही बाँकी भू–भागमा आंशिकदेखि सामान्य बदली रहने छ। प्रदेश नं १, बागमती, गण्डकी प्रदेश र मधेस प्रदेशका केही स्थानमा तथा कर्णाली र लुम्बिनी प्रदेशका एक वा दुई स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना छ।

    विभागले प्रदेश नं १, बागमती र गण्डकी प्रदेशका केही स्थानमा तथा मधेस प्रदेशका थोरै स्थान, कर्णाली र लुम्बिनी प्रदेशका एक वा दुई स्थानमा मेघगर्जन, चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेकाले आवश्यक सतर्कता अपनाउन सबैमा अनुरोध गरेको छ।

    रातको समयमा प्रदेश नं १, बागमती र गण्डकी प्रदेशका केही स्थानमा तथा मधेस प्रदेशका थोरै स्थानमा मेघ गर्जन, चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ।

    मौसम पूर्वानुमान महाशाखाको पछिल्लो विवरणानुसार आज काठमाडौँ उपत्यकाको न्यूनतम तापक्रम २० दशमलव पाँच डिग्री सेल्सियस तथा अधिकतम तापक्रम २८ दशमलव दुई डिग्री सेल्सियस छ।

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    प्रधानमन्त्रीसहित १० मन्त्रीले बुझाए सम्पत्ति विवरण
    जेनजीले प्रधानमन्त्रीलाई बुझाए सम्झाैताकाे मस्याैदा
    धनुषामा गोली हानेर वडाध्यक्षको हत्या
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    ताजा अपडेट
    • १. एनपीएलको दोस्रो सिजन आजबाट सुरु, उद्घाटन खेलमा जनकपुर र काठमाडौँ भिड्दै

    • २. प्रधानमन्त्रीसहित १० मन्त्रीले बुझाए सम्पत्ति विवरण

    • ३. जेनजीले प्रधानमन्त्रीलाई बुझाए सम्झाैताकाे मस्याैदा

    • ४. धनुषामा गोली हानेर वडाध्यक्षको हत्या

    • ५. मतदाता नामावली संकलन म्याद ५ दिन थपियो

    धेरै पढिएको

    हाम्रो बारेमा

    सूचना विभाग दर्ता न:१६८४/०७६-७७

    सम्पादक:किशोर पुन मगर

    संवाददाता:विन्दु खनाल 

    सम्पर्क

    स्वर्गद्वारी न. पा. ४, प्युठान

    मोबाइल नम्बर :९८६८६१९८८४ 

    E-mail :suchanadabalimedia@gmail.com

    फेसबुकमा हामी

    © 2020 suchanadabali.com | All rights Reserved.
     Website By :  nwTech.