काठमाडौँ, जेठ २८ । नुवाकोटको ककनी गाउँपालिकामा त्रिशुली थ्री एको प्रसारण लाइनमा झुन्डिएका व्यक्तिको उद्धार गर्न सेनाको हेलिकोप्टर प्रयोग गरिने भएको छ । यसअघि प्रहरीले उनको उद्धार गर्न नसकेपछि ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्री पम्फा भुसालले नेपाली सेनालाई अनुरोध गरेकी थिइन्।
उनले सामाजिक सन्जाल ट्विटरमा लेखेकी थिइन्, ‘विद्युत् लाइनको जोखिमलाई ध्यान दिएर हेलिकोप्टरबाट भए पनि उद्धार गरौँ ।’ नुवाकोटोको बेलकोटगढी नगरपालिका १२ का माइला विक शनिबार दिउँसो ककनी गाउँपालिका ७ मा त्रिशुली मातातीर्थ प्रसारण लाइनको तारमा चढेका थिए । प्रहरी र स्थानीयले उनलाई तल ओर्लन अनुरोध गरिरहेका छन् तर उनी तल झर्न मानेका छैनन् ।
उनी प्रशारण लाइनमा चढेपछि सम्भावित जोखिमलाई ध्यानमा राखेर नेपाल विद्युत प्राधिकरणले सो प्रशारण लाइनमा विद्युत प्रवाह रोकेको छ ।







