• गृहपृष्ठ
  • समाचार
  • विश्व
  • राजनिती
  • स्वास्थ्य
  • खेलकुद
  • मनोरन्जन
  • प्रविधि
  • विज्ञान
  • शिक्षा
  • भिडियो
  • अन्तर्वाता
×
☰
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • गृहपृष्ठ
    • गृहपृष्ठ
    • समाचार
    • विश्व
    • राजनिती
    • स्वास्थ्य
    • खेलकुद
    • मनोरन्जन
    • प्रविधि
    • विज्ञान
    • शिक्षा
    • भिडियो
    • अन्तर्वाता

ट्रेण्डिङ :

    football बुटवल खेलकुद cricket koche nepal.com power news sports messi प्युठान covid-19 अखिल (क्रान्तिकारी)

‘मृतक मतदाताको नाम आयोग एक्लैले हटाउन सक्दैन’


  •    सुचना डबली डेस्क / २०७९, ३१ जेष्ठ मंगलवार प्रकाशीत

  • Advertisement

    काठमाडौँ, जेठ ३१ । प्रमुख निर्वाचन आयुक्त दिनेश थपलियाले मतदाता नामावलीबाट मृतक मतदाताको नाम हटाउने कार्य निर्वाचन आयोग एक्लैले गर्न नसक्ने बताएका छन् । गत वैशाख ३० गते सम्पन्न स्थानीय तहको निर्वाचनमा प्रयोग भएको मतदाता नामावलीमा करिब छ लाख ४२ हजार मृतक मतदाता रहेको अनुमान गरिएको छ ।

    राष्ट्रिय सभाअन्तर्गतको राष्ट्रिय सरोकार तथा समन्वय समितिको सोमबारको बैठकमा त्यसबारे सांसद्हरूले प्रश्न उठाउनु भएपछि प्रमुख निर्वाचन आयुक्त थपलियाले आयोग एक्लैले मतदाता नामावलीबाट मृतकको नाम हटाउन नसक्ने बताए ।

    प्रमुख आयुक्त थपलियाले भने, “म आफैँ मलामी गएको छु तर ती व्यक्तिको नाम म मतदाता सूचीबाट हटाउन सक्दिनँ ।” उहाँले मरेको व्यक्तिको मृत्युदर्ता प्रमाणपत्रका आधारमा मात्र सूचीबाट नाम हटाउन मिल्ने र त्यो कार्यक्षेत्र आयोगको नरहेको स्पष्ट पारे ।

    उनले आगामी मङ्सिर १० भित्र एकै चरणमा प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचन गराउने तयारीमा आयोग रहेको बताए । यो समाचार गोरखापत्र दैनिकमा छ ।

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    एनपीएलको दोस्रो सिजन आजबाट सुरु, उद्घाटन खेलमा जनकपुर र काठमाडौँ भिड्दै
    प्रधानमन्त्रीसहित १० मन्त्रीले बुझाए सम्पत्ति विवरण
    जेनजीले प्रधानमन्त्रीलाई बुझाए सम्झाैताकाे मस्याैदा
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    ताजा अपडेट
    • १. एनपीएलको दोस्रो सिजन आजबाट सुरु, उद्घाटन खेलमा जनकपुर र काठमाडौँ भिड्दै

    • २. प्रधानमन्त्रीसहित १० मन्त्रीले बुझाए सम्पत्ति विवरण

    • ३. जेनजीले प्रधानमन्त्रीलाई बुझाए सम्झाैताकाे मस्याैदा

    • ४. धनुषामा गोली हानेर वडाध्यक्षको हत्या

    • ५. मतदाता नामावली संकलन म्याद ५ दिन थपियो

    धेरै पढिएको

    हाम्रो बारेमा

    सूचना विभाग दर्ता न:१६८४/०७६-७७

    सम्पादक:किशोर पुन मगर

    संवाददाता:विन्दु खनाल 

    सम्पर्क

    स्वर्गद्वारी न. पा. ४, प्युठान

    मोबाइल नम्बर :९८६८६१९८८४ 

    E-mail :suchanadabalimedia@gmail.com

    फेसबुकमा हामी

    © 2020 suchanadabali.com | All rights Reserved.
     Website By :  nwTech.