काठमाडौँ, जेठ ३१ । जिल्ला समन्वय समिति मोरङमा नेकपा एमालेको प्यानल नै विजयी भएको छ। मङ्गलबार बिराटनगरस्थित मुख्य निर्वाचन अधिकृतको कार्यालका अनुसार एमालेका तर्फबाट जिसस प्रमुखका उम्मेदावार अजम्बर राई, उपप्रमुखमा एमालेकै उषा झा विजयी भएका छन्।
विजयी उम्मेदवार राई र झाले समान २१ मत प्राप्त गरेको कार्यालयका सूचना अधिकारी हेमबहादुर बुछुढथोकीले जानकारी दिए। राईका प्रतिस्पर्धी नेपाली कांग्रेसका उम्मेदवार जीतेन्द्र अग्रवालले १३ र उपप्रमुखमा कांग्रेसकी निलमकुमारी सरदारले १३ मत ल्याएका छन्। मोरङमा एमालेको कुल २१ मत रहेको छ।
यस्तै, महिला सदस्यमा एमालेकै उमा नेपाली, उर्वशी कुमारी थारु, हरिमाया विश्वकर्मा विजयी भए। नेपालीले २३ मत पाउँदा थारु र विश्वकर्माले समान २१ मत पाएका छन्। यसैगरी अन्य सदस्यमा पनि एमालेका तुलसी प्रसाद घिमिरेले २२, देवमणि कटुवाल २१, मित्रप्रसाद ढकालले २२ मत पाएका छन्।







