• गृहपृष्ठ
  • समाचार
  • विश्व
  • राजनिती
  • स्वास्थ्य
  • खेलकुद
  • मनोरन्जन
  • प्रविधि
  • विज्ञान
  • शिक्षा
  • भिडियो
  • अन्तर्वाता
×
☰
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • गृहपृष्ठ
    • गृहपृष्ठ
    • समाचार
    • विश्व
    • राजनिती
    • स्वास्थ्य
    • खेलकुद
    • मनोरन्जन
    • प्रविधि
    • विज्ञान
    • शिक्षा
    • भिडियो
    • अन्तर्वाता

ट्रेण्डिङ :

    football बुटवल खेलकुद cricket koche nepal.com power news sports messi प्युठान covid-19 अखिल (क्रान्तिकारी)

ओमानमाथि नेपालको सानदार विजय


  •    सुचना डबली डेस्क / २०७९, १ असार बुधबार प्रकाशीत

  • Advertisement

    काठमाडौँ, असार १ । करण केसीले पाँच विकेट लिनुका साथै ओपनरद्वय कुशल भुर्तेल र आसिफ शेखले कीर्तिमानी साझेदारी गरेपछि नेपालले मंगलबार राति आईसीसी क्रिकेट विश्वकप लिग–२ मा ओमानलाई ७ विकेटले हराएको छ ।

    करणले ३३ रन दिएर पाँच विकेट लिएपछि टेक्ससको ह्युस्टनस्थित मूसा क्रिकेट मैदानमा टस जितेर ब्याटिङ गरेको ओमानले ४६.५ ओभरमा सबै विकेट गुमाएर १६३ रन बनाएको थियो । कुशल र आसिफले पहिलो विकेटका लागि ११४ रनको साझेदारी गरेपछि नेपालले १६४ रनको लक्ष्य ३३.१ ओभरमा तीन विकेट गुमाएर पूरा गरेको हो ।

    यससँगै जितसहित प्रतियोगिताको सुखद अन्त्य गर्ने ओमान लक्ष्य पूरा हुन सकेन । ३६ खेलबाट ४४ अंक जोडेको ओमान शीर्ष स्थानमा छ । १५ खेलबाट १५ अंक जोडेको नेपाल पाँचौं स्थानमा छ । २३ खेलबाट २१ अंक जोडेको अमेरिका चौथो स्थानमा छ ।

    १६४ रनको लक्ष्य पूरा गर्नेक्रममा नेपालका कुशल र आसिफले पहिलो विकेटका लागि ११४ रनको साझेदारी गरेका थिए । जुन एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा नेपालबाट पहिलो विकेटका लागि बनेको सबैभन्दा ठुलो साझेदारी हो । यसअघि कुशल र आसिफकै नाममा ६६ रनको कीर्तिमान थियो ।

    साथै, यो नेपालकै दोस्रो ठुलो साझेदारी पनि हो । एकदिवसीय अन्तर्राष्ट्रियमा देब खनाल र दीपेन्द्रसिंह ऐरीले तेस्रो विकेटका लागि बनाएको १२९ रनको साझेदारी नै सबैभन्दा ठुलो हो । देब र दीपेन्द्रसिंहले कीर्तिपुरमा पपुवा न्युगिनीविरुद्ध उक्त साझेदारी गरेका थिए ।

    कुशलले ७५ बलमा ५ चौकासहित ५६ रन बनाए । आसिफले ८६ बलमा ७ चौका र एक छक्कासहित ६२ रन बनाएका थिए । देब खानलले १० रन बनाउँदा रोहितकुमार पौडेलले अविजित २६ रन बनाए । दीपेन्द्रसिंह ऐरी ६ रनमा अविजित रहे । ओमानका फयाज बटले दुई विकेट लिए भने खवार अलीले एक विकेट लिए ।

    त्यसअघि टस जितेर ब्याटिङ गरेको ओमान एक समय ४९/५ को स्थितिमा थियो । तर, कप्तान जीशन मक्सुद र सन्दीप गौडले सम्हालिएर खेलेपछि ओमान १६३ रनको सम्माजनक स्कोर बनाउन सफल भएको हो । मक्सुद र गौडले छैटौं विकेटका लागि ८३ रनको साझेदारी गरे । दुईको साझेदारीलाई दीपेन्द्रसिंह ऐरीले तोडेका थिए ।

    दीपेन्द्रसिंहले मक्सुदलाई एलबीडब्यू आउट गरेका हुन् । १०० बलमा ३ चौकासहित ५२ रन बनाएका मक्सुद पवेलियन फर्किदा ओमान १३२/६ को स्थितिमा थियो । लत्तगै गौडलाइ पनि करण केसीले कप्तान सन्दीप लामिछानेको हातबाट क्याच गरे । गौडले ९१ बलमा ३ चौका र १ छक्कासहित ४७ रन बनाए । ओमानका लागि ओपनर जतिन्दर सिंहले २३ रन जोडेका थिए । नसीम खुशीले १० रन बनाउँदा फयज बटले अविजित १३ रन बनाए ।

    नेपालका करण केसीले ९ ओभरमा ३३ रन दिएर ५ विकेट लिए । एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा करणको यो दोस्रो पाँच विकेट हो । करण नेपालबाट एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा दुई पटक पाँच विकेट लिने दोस्रो खेलाडी बनेका छन् । करणले यसअघि अमेरिका भ्रमणमा ओमानविरुद्ध नै पाँच विकेट लिएका थिए । उक्त खेलमा नेपाल १३ रनले पराजित भएको थियो ।

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    एनपीएलको दोस्रो सिजन आजबाट सुरु, उद्घाटन खेलमा जनकपुर र काठमाडौँ भिड्दै
    प्रधानमन्त्रीसहित १० मन्त्रीले बुझाए सम्पत्ति विवरण
    जेनजीले प्रधानमन्त्रीलाई बुझाए सम्झाैताकाे मस्याैदा
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    ताजा अपडेट
    • १. एनपीएलको दोस्रो सिजन आजबाट सुरु, उद्घाटन खेलमा जनकपुर र काठमाडौँ भिड्दै

    • २. प्रधानमन्त्रीसहित १० मन्त्रीले बुझाए सम्पत्ति विवरण

    • ३. जेनजीले प्रधानमन्त्रीलाई बुझाए सम्झाैताकाे मस्याैदा

    • ४. धनुषामा गोली हानेर वडाध्यक्षको हत्या

    • ५. मतदाता नामावली संकलन म्याद ५ दिन थपियो

    धेरै पढिएको

    हाम्रो बारेमा

    सूचना विभाग दर्ता न:१६८४/०७६-७७

    सम्पादक:किशोर पुन मगर

    संवाददाता:विन्दु खनाल 

    सम्पर्क

    स्वर्गद्वारी न. पा. ४, प्युठान

    मोबाइल नम्बर :९८६८६१९८८४ 

    E-mail :suchanadabalimedia@gmail.com

    फेसबुकमा हामी

    © 2020 suchanadabali.com | All rights Reserved.
     Website By :  nwTech.