• गृहपृष्ठ
  • समाचार
  • विश्व
  • राजनिती
  • स्वास्थ्य
  • खेलकुद
  • मनोरन्जन
  • प्रविधि
  • विज्ञान
  • शिक्षा
  • भिडियो
  • अन्तर्वाता
×
☰
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • गृहपृष्ठ
    • गृहपृष्ठ
    • समाचार
    • विश्व
    • राजनिती
    • स्वास्थ्य
    • खेलकुद
    • मनोरन्जन
    • प्रविधि
    • विज्ञान
    • शिक्षा
    • भिडियो
    • अन्तर्वाता

ट्रेण्डिङ :

    football बुटवल खेलकुद cricket koche nepal.com power news sports messi प्युठान covid-19 अखिल (क्रान्तिकारी)

नेपाल इन्डोनेसियासँग ७-० गोल अन्तरले पराजित


  •    सुचना डबली डेस्क / २०७९, १ असार बुधबार प्रकाशीत

  • Advertisement

    काठमाडौँ, असार १ । एएफसी एसियन कप छनोटको आफ्नो अन्तिम खेलमा नेपाल इन्डोनेसियासँग ७-० गोल अन्तरले पराजित भएको छ ।कुवेतमा मंगलबार राति भएको खेलमा १० खेलाडीमा समेटिएको नेपालको पोष्टमा गोलको बर्षा भयो । इन्डोनेसियाविरुद्ध नेपालले खेलको छैटौं मिनेटमा पहिलो गोल खायो । इन्डोनेसियाका लागि मुहमद दिमास द्रजाडले गोल गरे ।

    ३३ औं मिनेटमा नेपाल १० खेलाडीमा झर्न पुग्यो । डिफेन्डर सुमन अर्यालले दोहोरो पहेलो पाउँदै मैदानबाट बाहिरीए । ४३ औं मिनेटमा वितान सुलेमानले गोल गर्दै इन्डोनेसियालाई २-० को अग्रता दिलाए ।

    पहिलो हाफमा दुई गोलको अग्रता बनाएको इन्डोनेसियाले ५४ औं मिनेटमा तेस्रो गोल गर्यो । उसका लागि आर्यन्टोले गोल गरे । ५५ औं मिनेटमा नेपालको पोष्टमा चौथो गोल थपियो । इन्डोनेसियाका लागि साद्दिल रामदानीले गोल गरे ।

    ८० औं मिनेटमा एल्कन बाग्गोटले गोल गर्दा इन्डोनेसिया ५-० ले अगाडी रह्यो । ८१ औं मिनेटमा सुलेमानले व्यक्तिगत दोस्रो गोल गर्दै इन्डोनेसियालाई ६-० अगाडी राखे । खेलको इन्जुरी समयमा मार्सेलिनो फेर्डिनानले गोल गर्दै इन्डोनेसियालाई ७-० को जित दिलाए ।

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    एनपीएलको दोस्रो सिजन आजबाट सुरु, उद्घाटन खेलमा जनकपुर र काठमाडौँ भिड्दै
    प्रधानमन्त्रीसहित १० मन्त्रीले बुझाए सम्पत्ति विवरण
    जेनजीले प्रधानमन्त्रीलाई बुझाए सम्झाैताकाे मस्याैदा
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    ताजा अपडेट
    • १. एनपीएलको दोस्रो सिजन आजबाट सुरु, उद्घाटन खेलमा जनकपुर र काठमाडौँ भिड्दै

    • २. प्रधानमन्त्रीसहित १० मन्त्रीले बुझाए सम्पत्ति विवरण

    • ३. जेनजीले प्रधानमन्त्रीलाई बुझाए सम्झाैताकाे मस्याैदा

    • ४. धनुषामा गोली हानेर वडाध्यक्षको हत्या

    • ५. मतदाता नामावली संकलन म्याद ५ दिन थपियो

    धेरै पढिएको

    हाम्रो बारेमा

    सूचना विभाग दर्ता न:१६८४/०७६-७७

    सम्पादक:किशोर पुन मगर

    संवाददाता:विन्दु खनाल 

    सम्पर्क

    स्वर्गद्वारी न. पा. ४, प्युठान

    मोबाइल नम्बर :९८६८६१९८८४ 

    E-mail :suchanadabalimedia@gmail.com

    फेसबुकमा हामी

    © 2020 suchanadabali.com | All rights Reserved.
     Website By :  nwTech.