• गृहपृष्ठ
  • समाचार
  • विश्व
  • राजनिती
  • स्वास्थ्य
  • खेलकुद
  • मनोरन्जन
  • प्रविधि
  • विज्ञान
  • शिक्षा
  • भिडियो
  • अन्तर्वाता
×
☰
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • गृहपृष्ठ
    • गृहपृष्ठ
    • समाचार
    • विश्व
    • राजनिती
    • स्वास्थ्य
    • खेलकुद
    • मनोरन्जन
    • प्रविधि
    • विज्ञान
    • शिक्षा
    • भिडियो
    • अन्तर्वाता

ट्रेण्डिङ :

    football बुटवल खेलकुद cricket koche nepal.com power news sports messi प्युठान covid-19 अखिल (क्रान्तिकारी)

एसपिपीमा साझेदारी : राज्यसंयन्त्रले लुकायो सूचना


  •    सुचना डबली डेस्क / २०७९, ३ असार शुक्रबार प्रकाशीत

  • Advertisement

    काठमाडौँ, असार ३ । नेपाल अमेरिकी स्टेट पार्टनरसिप प्रोग्राम (एसपिपी) मा सहभागी भएको तीन वर्ष पुगिसक्दा पनि यो विषयलाई राज्यका कुनै पनि संयन्त्रले बाहिर ल्याएनन्।

    पछिल्लो समय उक्त कार्यक्रममा नेपालले सहभागिता जनाउन लागेको भन्दै चौतर्फी बहस तथा विरोध भइरहँदा प्रस्ताव गर्ने नेपाली सेना, बोधार्थ प्राप्त गर्ने रक्षा मन्त्रालय तथा परराष्ट्र मन्त्रालय एवं तत्कालीन सरकारको नेतृत्व गर्नेले पनि यसबारे सत्यतथ्य सार्वजनिक गर्न उचित ठानेनन्।

    नेपालस्थित अमेरिकी दूतावासले बुधबार नेपालको पटकपटकको प्रस्तावपछि सन् २०१९ मा यस कार्यक्रममा सहभागी गराइएको बताएपछि प्रस्तावकर्ता नेपाली सेनाले हतारहतार वक्तव्यबाजी गर्दै त्यसप्रति ध्यानाकर्षण भएको र सेनाले त्यस्तो सम्झौता गर्नेतर्फ कुनै प्रक्रियासमेत नभएको दाबी गर्‍यो।

    तत्कालीन प्रधानसेनापति राजेन्द्र क्षेत्रीले पहिलोपटक उक्त कार्यक्रममा सहभागी हुन भन्दै सन् २०१५ अक्टोबर २७ मा नेपालका लागि तत्कालीन अमेरिकी राजदूत अलाइन बी टप्लेजलाई लेखेको पत्र सार्वजनिक भइसकेको छ। पत्रमा क्षेत्रीले नेपाल सरकारले अनुमति दिएअनुसार एसपिपीमा नेपालको सहभागिताका लागि अनुरोध गरेका छन्।

    एसपिपीमा सहभागिताका लागि प्रस्ताव गर्ने नेपाली सेनाले कुनै प्रक्रियासमेत सुरु नभएको झुटो दाबी गर्दैगर्दा उक्त पत्रको बोधार्थ पठाएका रक्षा र परराष्ट्र मन्त्रालयले समेत सूचना लुकाएर मौन छन्।

    प्रतिनिधिसभाको बिहीबारको बैठकमा बोल्ने क्रममा रक्षा मन्त्रालयको समेत नेतृत्व गरिरहेका प्रधानमन्त्री शेरबहादुर देउवाका तर्फबाट गृहमन्त्री बालकृष्ण खाणले एसपिपीमा सहभागिताका लागि कुनै पहल नभएको र नेपाल उक्त कार्यक्रममा सहभागी नभएको दाबी गरे। यो खबर आजको नागरिक दैनिकमा छापिएको छ ।

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    प्रधानमन्त्रीसहित १० मन्त्रीले बुझाए सम्पत्ति विवरण
    जेनजीले प्रधानमन्त्रीलाई बुझाए सम्झाैताकाे मस्याैदा
    धनुषामा गोली हानेर वडाध्यक्षको हत्या
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    ताजा अपडेट
    • १. एनपीएलको दोस्रो सिजन आजबाट सुरु, उद्घाटन खेलमा जनकपुर र काठमाडौँ भिड्दै

    • २. प्रधानमन्त्रीसहित १० मन्त्रीले बुझाए सम्पत्ति विवरण

    • ३. जेनजीले प्रधानमन्त्रीलाई बुझाए सम्झाैताकाे मस्याैदा

    • ४. धनुषामा गोली हानेर वडाध्यक्षको हत्या

    • ५. मतदाता नामावली संकलन म्याद ५ दिन थपियो

    धेरै पढिएको

    हाम्रो बारेमा

    सूचना विभाग दर्ता न:१६८४/०७६-७७

    सम्पादक:किशोर पुन मगर

    संवाददाता:विन्दु खनाल 

    सम्पर्क

    स्वर्गद्वारी न. पा. ४, प्युठान

    मोबाइल नम्बर :९८६८६१९८८४ 

    E-mail :suchanadabalimedia@gmail.com

    फेसबुकमा हामी

    © 2020 suchanadabali.com | All rights Reserved.
     Website By :  nwTech.