• गृहपृष्ठ
  • समाचार
  • विश्व
  • राजनिती
  • स्वास्थ्य
  • खेलकुद
  • मनोरन्जन
  • प्रविधि
  • विज्ञान
  • शिक्षा
  • भिडियो
  • अन्तर्वाता
×
☰
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • गृहपृष्ठ
    • गृहपृष्ठ
    • समाचार
    • विश्व
    • राजनिती
    • स्वास्थ्य
    • खेलकुद
    • मनोरन्जन
    • प्रविधि
    • विज्ञान
    • शिक्षा
    • भिडियो
    • अन्तर्वाता

ट्रेण्डिङ :

    बुटवल football खेलकुद cricket koche nepal.com power news covid-19 messi sports nepal sandeep

बाटाे खन्ने क्रममा ५३७ वर्ष पुरानाे ऐतिहासिक सिक्का भेटिए


  •    सुचना डबली डेस्क / २०७९, ४ असार शनिबार प्रकाशीत

  • Advertisement
    Advertisement

    काठमाडौँ, असार ४ । दाङको तुलसीपुर उपमहानगरपालिका–४ रक्षाचौरमा परम्परागत सिक्का भेटिएका छन् । बिहीबार त्यस स्थानमा सडक ट्रयाक खन्ने क्रममा सिक्का भेटिएका हुन् । गोटीखोलाबाट सीमरामा सडकको नयाँ ट्रयाक खोल्ने क्रममा जेसिभी चालकले ती सिक्का भेट्टाएका थिए । त्यहाँ दुईवटा जेसिभीले बाटो खनिरहेका थिए ।

    सिक्का भेट्टाएपछि दुवै चालकले भागबण्डा गर्ने सहमति गरेका थिए । चालक सुवास चौधरी र राजन खडकाले त्यहाँ जेसिभी चलाएका थिए । उनीहरूमध्ये सुवासले सडक खन्ने क्रममा ती सिक्का भेट्टाएका थिए । तर सिक्का राजनले पनि आफ्नो भागमा पार्नुपर्ने माग गरेपछि सुवासले नदिँदा यो कुरा बाहिर आएको छ ।

    त्यसपछि राजनले सम्बन्धित जग्गावालालाई जानकारी दिए । तुलसीपुर–४ रक्षाचौर निवासी शोभा भण्डारीको जग्गामा उक्त सिक्का भेटिएको हो । त्यसपछि जग्गाधनीले त्यहाँ सिक्टा भेटिएको कुरा प्रहरीलाई जानकारी गराएका थिए ।

    इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी निरीक्षक बखतबहादुर शाहीका अनुसार ५३७ सिक्का भेटिका छन् । तीमध्ये ७६ वटा एक रुपैयाँ लेखेका भारतीय सिक्का र ४६१ वटा श्री ३ लेखिएका नेपाली सिक्का रहेका छन् । ती सिक्का तुलसीपुर–१५ निवासी सुवासले घर लगेका थिए ।

    सिक्का भेटिएको कुरा जग्गाधनीले प्रहरीलाई खबर गरेपछि प्रहरीले अनुसन्धन गर्दा सुवासकै घरमै लुकाइ राखेको अवस्थामा बरामद गरेको हो । अनुसन्धनकै क्रममा सातवटा सिक्टा घरमा भुइँमा खसेको अवस्थामा भेटिएपछि ती सिक्का खोजतलास गर्न सहज भएको थियो । सिक्कामा विसं १८०० तथा पृथ्वीनारायण शाह लेखिएको प्रहरीले बताएको छ । यस विषयमा अनुसन्धान भइरहेको प्रहरीले बताएको छ । भेटिएका सिक्का सम्बन्धित निकायमा पठाउने प्रहरी निरीक्षक शाहीले बताए ।

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    कोरियामा काम गरेर फर्किएकाका लागि पुनः भाषा परीक्षाको आवेदन
    फेसियल हाउसले गर्‍यो नयाँ बर्ष २०८० को क्यालेन्डर सावर्जनिक
    गौरीशंकर च्छोरोल्पा मिडिया प्रा.लिको तेश्रो वार्षिकोत्सव भव्यरुपमा सम्पन्न
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    ताजा अपडेट
    • १. जनतासंग माओवादी अभियानको देशभर उद्घाटनः प्यूठानको माण्डवी र स्वर्गद्धारीमा सामाजिक काम गरियो

    • २. ‘रोट्रयाक्ट क्लब अफ भानु’को तेस्रो ‘पदस्थापन’ कार्यक्रम भव्यताका साथ सम्पन्न

    • ३. बुटवल बहुमुखी क्याम्पसमा गजल प्रतियोगिता सम्पन्न

    • ४. लायन्स र लियो क्लबको संयुक्त आयोजना लक्ष्मीनगरस्थित पहिरो प्रभावित क्षेत्रमा वृक्षरोपण

    • ५. कोरियामा काम गरेर फर्किएकाका लागि पुनः भाषा परीक्षाको आवेदन

    धेरै पढिएको

    हाम्रो बारेमा

    सूचना विभाग दर्ता न:१६८४/०७६-७७

    अध्यक्ष:शिशिर के.सी.

    सम्पादक:किशोर पुन मगर

    संवाददाता:टुआर क्षेत्री

    सम्पर्क

    का.म.पा. २९ अनामनगर

    मोबाइल नम्बर :९८६८६१९८८४ 

    E-mail :suchanadabalimedia@gmail.com

    फेसबुकमा हामी

    © 2020 suchanadabali.com | All rights Reserved.
     Website By :  nwTech.