काठमाडौँ, असार ६ । अखिल नेपाल फुटबल सङ्घ एन्फाको अध्यक्षमा पंकजविक्रम नेम्वाङ निर्वाचित भए ।
आज सोमवार भएको चुनावमा कर्माछिरिङ शेर्पालाई मतले हराउँदै नेम्वाङ विजयी भएका हुन् । नेम्वाङले ४५, शेर्पाले ३९ र स्वतन्त्र उम्मेदवार राजिव पौडेलले एक मत पनि पाए ।
नेम्वाङ यसअघि वरिष्ठ उपाध्यक्ष र शेर्मा अध्यक्ष थिए । चुनावमा ८४ मत खसेको थियो ।







