• गृहपृष्ठ
  • समाचार
  • विश्व
  • राजनिती
  • स्वास्थ्य
  • खेलकुद
  • मनोरन्जन
  • प्रविधि
  • विज्ञान
  • शिक्षा
  • भिडियो
  • अन्तर्वाता
×
☰
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • गृहपृष्ठ
    • गृहपृष्ठ
    • समाचार
    • विश्व
    • राजनिती
    • स्वास्थ्य
    • खेलकुद
    • मनोरन्जन
    • प्रविधि
    • विज्ञान
    • शिक्षा
    • भिडियो
    • अन्तर्वाता

ट्रेण्डिङ :

    football बुटवल खेलकुद cricket koche nepal.com power news sports messi प्युठान covid-19 अखिल (क्रान्तिकारी)

एक वर्षपछि मुगुमा बजार अनुगमन


  •    सुचना डबली डेस्क / २०७९, १७ असार शुक्रबार प्रकाशीत

  • Advertisement

    काठमाडौँ, असार १७ । हिमाली जिल्ला मुगुमा एक वर्षपछि स्थानीय बजार अनुगमन गरिएको छ । शुक्रबार जिल्ला प्रशासन कार्यालय छायानाथ रारा नगरपालिका, नेपाल प्रहरीलगायत अन्य सरोकारवाला निकायको संयुक्त टोलीमा सदरमुकाम गमगढी बजारमा एक वर्षपछि छड्के अनुगमन गरिएको हो ।

    सदरमुकाम गमगढी बजारको अदालत चोकबाट सुरु भई सदरमुकामका करिब एक दर्जनभन्दा बढी पसलको अनुगमन गरिएको हो ।

    बजार अनुगमनको क्रममा बढी मात्रा अखाद्य बस्तु, पेय पदार्थ, जंग फुड, मदिरालगायतका सामान बरामद गरिएको अनुगमन टोलीले जनाएको छ ।
    छायानाथ रारा नगरपालिकाका नगर उपप्रमुख ऐश्वर्या मल्ल र सहायक प्रमुख जिल्ला अधिकारी खड्ग बहादुर रोकायाको नेतृत्वमा गरेको अनुगमन टोलीले शुक्रबार यहाँका सानादेखि ठूला पसलसम्म अनुगमन गरिएको छ ।

    अनुगमनकै क्रममा नागरिकको मृत्युको मुखमा बचाउने यहाँका निजी मेडिकलमा पनि अनुगमन गरिएको र उक्त मेडिकलमा गरिएको अनुगमनमा म्याद नाघेका औषधि, स्यानिटाइजरलगायत म्याद नाघेका औषधिहरू फेला पारि बरामद गरिएको बताए ।

    शुक्रबार गरिएको अनुगमनमा बेसार, पेय पदार्थ, चकलेट, चाउचाउसँगै दर्जनौं प्रकारका लाखौं मूल्यका खाद्यान्न बस्तुहरू बरामद गरिएको सहायक प्रमुख जिल्ला अधिकारी खड्ग बहादुर रोकायाले बताए ।

    नागरिक समाज मुगुका अध्यक्ष रूप बहादुर मल्लका अनुसार अनुगमन यहाँका सरोकारवाला निकायले औपचारिकता मात्र देखाएको बताए । तीन/तीन महिनामा गरिनु पर्ने अनुगमन एक वर्षपछि एक पटक मात्र अनुगमन गर्दा यहाँका नागरिकको जीवनमाथि खेलबाड गरेको उनको भनाई छ ।

    अनुगमनको जिम्मेवारी पाएका उद्योग तथा उपभोक्ता हित संरक्षण कार्यालय, स्थानीय सरकार, प्रहरी, प्रशासनले अनुगमनको क्रमलाई लापरबाही गरेको उनको आरोप छ ।

    नागरिक र स्थानीयको गुनासो लाई सम्बोधन गर्दे हामीले आवश्यकता अनुसार अनुगमन गरिने र स्थानीय तह चुनाव २०७९ को लागि अनुगमनमा ढिलाइ भएको बताए । यता स्थानीय सरकार छायानाथ रारा नगरपालिकाले बजार अनुगमन २०७५ को ऐन पारित नै भएको जनाइएको छ ।

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    एनपीएलको दोस्रो सिजन आजबाट सुरु, उद्घाटन खेलमा जनकपुर र काठमाडौँ भिड्दै
    प्रधानमन्त्रीसहित १० मन्त्रीले बुझाए सम्पत्ति विवरण
    जेनजीले प्रधानमन्त्रीलाई बुझाए सम्झाैताकाे मस्याैदा
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    ताजा अपडेट
    • १. एनपीएलको दोस्रो सिजन आजबाट सुरु, उद्घाटन खेलमा जनकपुर र काठमाडौँ भिड्दै

    • २. प्रधानमन्त्रीसहित १० मन्त्रीले बुझाए सम्पत्ति विवरण

    • ३. जेनजीले प्रधानमन्त्रीलाई बुझाए सम्झाैताकाे मस्याैदा

    • ४. धनुषामा गोली हानेर वडाध्यक्षको हत्या

    • ५. मतदाता नामावली संकलन म्याद ५ दिन थपियो

    धेरै पढिएको

    हाम्रो बारेमा

    सूचना विभाग दर्ता न:१६८४/०७६-७७

    सम्पादक:किशोर पुन मगर

    संवाददाता:विन्दु खनाल 

    सम्पर्क

    स्वर्गद्वारी न. पा. ४, प्युठान

    मोबाइल नम्बर :९८६८६१९८८४ 

    E-mail :suchanadabalimedia@gmail.com

    फेसबुकमा हामी

    © 2020 suchanadabali.com | All rights Reserved.
     Website By :  nwTech.