काठमाडौँ, असार १८ । नेपाली राष्ट्रिय भलिवल टिमकी कप्तान अरुणा शाहीले वर्ष उत्कृष्ट महिला खेलाडी अवार्ड २०७८ पाएकी छ्न ।
नेपाल खेलकुद पत्रकार मञ्च गण्डकीले हरेक वर्ष प्रदान गर्दै आएको पोखरा स्पोट्स अवार्डको छैटौँ संस्करणको उक्त अवार्ड शाही दोस्रो पटक पाएकी हुन् । यसअघि उनी २०७३ मा दोस्रो पोखरा स्पोट्र्स अवार्डमार्फत पुरस्कृत भएकी थिइन् ।
शाहीले इलेक्ट्रिक स्कुटर र ट्रफी प्राप्त गरेकी छन् । उनीसँगै क्रिकेटकी मनिषा उपाध्याय र करातेकी सरगम कुमाल मनोनयनमा परेका थिए ।







