• गृहपृष्ठ
  • समाचार
  • विश्व
  • राजनिती
  • स्वास्थ्य
  • खेलकुद
  • मनोरन्जन
  • प्रविधि
  • विज्ञान
  • शिक्षा
  • भिडियो
  • अन्तर्वाता
×
☰
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • गृहपृष्ठ
    • गृहपृष्ठ
    • समाचार
    • विश्व
    • राजनिती
    • स्वास्थ्य
    • खेलकुद
    • मनोरन्जन
    • प्रविधि
    • विज्ञान
    • शिक्षा
    • भिडियो
    • अन्तर्वाता

ट्रेण्डिङ :

    football बुटवल खेलकुद cricket koche nepal.com power news sports messi प्युठान covid-19 अखिल (क्रान्तिकारी)

बुढीगंगाको मतगणाना अन्तिम चरणमा, एमाले उम्मेदवार जित नजिक


  •    सुचना डबली डेस्क / २०७९, २६ असार आईतवार प्रकाशीत

  • Advertisement

    काठमाडौँ, असार २६ । बाजुराको बुढीगंगा नगरपालिकामा ७ हजार ४ सय १९ मतगणना हुँदा नेकपा एमालेको अग्रता कायमै रहेको छ । एमालेबाट नगर प्रमुखका उम्मेदवार राम बहादुर बानियाँले ३ हजार ८ सय ८१ मत ल्याएका छन् भने कांग्रेसबाट नगर प्रमुखका उम्मेदवार रंग बहादुर खातीले ३ हजार १ सय १ मत प्राप्त गरेका छन् । मेयरमा एमालेले ७ सय ८० को अग्रता कायम गरेको हो ।

    त्यस्तै नेकपा एमालेका उपप्रमुखका उम्मेदवार माया कुमारी खड्काले ३ हजार ७ सय ५३ मत पाउँदा कांग्रेसबाट उपप्रमुख उम्मेदवार रीता शाहीले ३ हजार १ सय ५३ मत ल्याएकी छन् । उपप्रमुखमा ६ सयले एमाले अगाडि रहेको छ ।

    अहिले वडा नम्बर ५ र ६ को मतगणना भइरहेको छ । ११ बजे भित्र पुरै मत परिणाम आइसक्ने निर्वाचन कार्यालय बाजुराले जनाएको छ । बुढीगंगा नगरपालिकाको पछिल्लो मत परिणाम अनुसार नेकपा एमालेको अग्रता कायमै रहेको छ । बुढीगंगा नगरपालिका वडा न १, २, ९, १०, ८, ७, ४ र ३ को गणना सम्पन्न भएको छ ।

     

    ८ वटा वडाको मतगणना सकिएको छ । अब २ वटा वडाको गणना बाँकी रहेको छ । मतगणना सकिएको १, २, ३, ९ र १० नम्बर वडामा एमालेका उम्मेदवार विजयी भएका छन् । वडा नम्बर ४, ७ र ८ मा कांग्रेसका उम्मेदवार विजयी भएका छन् ।

    वडा नम्बर ८ मा एमालेका बिराज रावललाई पराजित गर्दै नेपाली कांग्रेसका रमेश बहादुर रावल विजयी भएका छन् । त्यस्तै वडा नम्बर ४ मा एमालेका प्रकाश बहादुर रावतलाई पराजय गर्दै नेपाली कांग्रेसका मीनबहादुर शाह विजयी भएका छन् । वडा नम्बर ७ मा कांग्रेसका भुवन सिंह केसी विजयी भएका छन् । उनले एमालेका मन्नामे विष्टलाई पराजय गरेका हुन् ।

    बुढीगंगा नगरपालिका १ मा नेकपा एमालेका उम्मेदवार रण बहादुर थापा कांग्रेसका उम्मेदवार लोगबहादुर थापालाई पराजित गर्दै विजयी भएका छन् । त्यस्तै बुढीगंगा नगरपालिका १० मा नेकपा एमालेका उम्मेदवार दलबहादुर साउदले कांग्रेसका उम्मेदवार मोहनबहादुर बुढालाई पराजित गर्दै साउद विजयी भएका छन् । वडा नम्बर ९ मा गठबन्धनका उम्मेदवार एकीकृत समाजवादीका भरत बहादुर थापालाई पराजित गर्दै नेकपा एमालेका मीनबहादुर सिंह विजयी भएका छन् ।

    वडा नम्बर दुईमा एमालेका उम्मेदवार पदम भण्डारी विजयी भएका छन् । कांग्रेसका नर बहादुर थापा पराजित भएका हुन् । वडा नम्बर तीन मा एमालेका खडक अधिकारीले कांग्रेसका गोरख बहादुर रौलेलाई पराजित गरेका छन् ।

    बुढीगंगाको चुनाव असार २३ मा दोस्रो पटक भएको थियो । बुढीगंगा नगरपालिकामा १३ हजार ६ सय ५९ मतदाता रहेका छन् । निर्वाचनमा कूल मतदाताको ६६.८३ प्रतिशत अर्थात् ९ हजार १ सय २८ मत खसेको जिल्ला निर्वाचन अधिकारी नवराज अवस्थीले बताएका छन् । वैशाख ३० गते भएको चुनावमा भने ७५.५८ प्रतिशत मत खसेको थियो ।

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    एनपीएलको दोस्रो सिजन आजबाट सुरु, उद्घाटन खेलमा जनकपुर र काठमाडौँ भिड्दै
    प्रधानमन्त्रीसहित १० मन्त्रीले बुझाए सम्पत्ति विवरण
    जेनजीले प्रधानमन्त्रीलाई बुझाए सम्झाैताकाे मस्याैदा
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    ताजा अपडेट
    • १. एनपीएलको दोस्रो सिजन आजबाट सुरु, उद्घाटन खेलमा जनकपुर र काठमाडौँ भिड्दै

    • २. प्रधानमन्त्रीसहित १० मन्त्रीले बुझाए सम्पत्ति विवरण

    • ३. जेनजीले प्रधानमन्त्रीलाई बुझाए सम्झाैताकाे मस्याैदा

    • ४. धनुषामा गोली हानेर वडाध्यक्षको हत्या

    • ५. मतदाता नामावली संकलन म्याद ५ दिन थपियो

    धेरै पढिएको

    हाम्रो बारेमा

    सूचना विभाग दर्ता न:१६८४/०७६-७७

    सम्पादक:किशोर पुन मगर

    संवाददाता:विन्दु खनाल 

    सम्पर्क

    स्वर्गद्वारी न. पा. ४, प्युठान

    मोबाइल नम्बर :९८६८६१९८८४ 

    E-mail :suchanadabalimedia@gmail.com

    फेसबुकमा हामी

    © 2020 suchanadabali.com | All rights Reserved.
     Website By :  nwTech.