बुटवल,साउन ७। रोष्ट्रयाक्ट बुटवल डाउनटाउनका नवनिर्वाचित अध्यक्ष भुसालद्वारा पदभार ग्रहण गरेका छन्।
क्लबले बुटवलमा शनिवार एक समारोहका बिच आफ्नो २०औं पदहस्तान्तरण कार्यक्रम सप्पन्न गरेको हो । कार्यक्रममा वर्ष २०२१÷२२ का अध्यक्ष राम प्रसाद बेल्वासेले वर्ष २०२२÷२३ का अध्यक्ष सौरभ भुसाललाई पद हस्तान्तरण गरेका हुन्।
सो अवसरमा बेल्बासेले आफ्नो बर्ष भरिका गतिविधिमा विभिन्न माध्यमबाट सहयोग गर्ने रोट्रयाक्ट बोर्ड सदस्य , सदस्य, रोटरि क्लबका पूर्व अध्यक्ष , रोट्रयाक्टका पूर्व अध्यक्ष , छिमेकी क्लबका प्रतिनिधि तथा विभिन्न ब्यक्तिहरुलाइ मायाको चिनोबाट सम्मान गरेका थियो भने उत्कृष्ट रोट्रयाक्टरको उपाधि रमेश पन्थीलाई प्रदान गरिएको थियो ।
नव निर्वाचित अध्यक्षलाई डिष्ट्रिक्ट रोट्रयाक्ट रेप्रिजेन्टेटिभ (डि.आर.आर) लक्ष्मण खरेलले पद तथा गोपनियताको सपत गराएका थिए । भुसाल बुटवलमा रहेको अन्सु लिडका सञ्चालक समेत हुन् । भुसाल विभिन्न सामाजिक संघसस्थामा समेत आवद्ध रहेका छन् ।
भुसालले आफ्नो कार्यकालको वर्ष भरिका कार्यक्रम तथा योजना प्रस्तुत गरेका थिए । क्लबलाई अझ सशक्त तरिकाले स्वार्थ भन्दा सेवालाई आत्मसाथ गरी समाज रुपान्तरणका लागि आगाडि बढ्ने प्रतिवद्धता व्यक्त गरेका थिए ।
क्लबले यस वर्ष इन्सपायर,इङ्गेज इलिभेट मन्त्रलाई अङ्गाली यस वर्षका हरेक कार्यक्रमहरु अगाडि बढाउने समेत बताएका थिए । कार्यक्रमका प्रमुख अतिथि रोटरी डिष्ट्रिकका ए.जी सिए प्रेम भुर्तेल, रोट्रयाक्ट डि.आर.आर लक्ष्मण खरेल रोटरी डाउनटाउनका अध्यक्ष भरत राना ,रोट्रयाक्ट बुटवल डाउनटाउन प्रेसिडेन्ट काउन्सिल अध्यक्ष बालकृष्ण पान्डे , रोटरी पूर्व अध्यक्ष , रोट्रयाक्ट पूर्व अध्यक्ष लगाएत विभिन्न संघ सस्थाका प्रतिनिधिहरु निर्वाचित समितिलाई बधाई तथा शुभकामना मन्तव्य दिएका थिए ।