
काठमाडौँ , साउन २५। साहित्य परिषद प्युठान-काठमाडौँ सम्पर्क समिति गठन भएको छ ।
जम्मा ९ सदस्यीय सम्पर्क समितिको अध्यक्षमा समिर सिह, उपाध्यक्षमा विजयराज आचार्य, सचिवमा भावेस भुमरी, सह-सचिव अस्मिता के सी र कोषाध्यक्ष : आविस्कार कला चयन भएका छन् ।
यसैगरी समिति सदस्यमा रिमा के सी, काब्य आचार्यलगायत रहेका छन् । आज बुधबार नेपाल प्रज्ञा प्रतिष्ठान कमलादीमा बसेको बैठकले तीन सदस्य सल्लाहकार समिति चयन गरिएको छ । जसमा क्रमश: हरिहर शर्मा, मणि थापा गोपिन्द्र पौडेल रहेका छन् ।
प्युठानी साहित्यकारको एकता र प्युठानको धार्मिक सांस्कृतिक विकासका तथा पर्यटन प्रवर्द्धनको लागि गठित समितिले यही असौज ११-१३ सम्म ‘वृहत् प्युठान साहित्यिक महोत्सव’को घोषणा गरेको छ ।