बुटवल, भाद्र १। अखिल( क्रान्तिकारी) द्वारा आयोजित प्रोफेसनल एकाउन्टेन्ट तालिम सिद्धार्थ गौतम बुद्ध क्याम्पस बुटवलमा वुधवारदेखि सुरु भएको छ।
तालिमको अध्यक्षता अखिल(क्रान्तिकारी) मुल इकाई समितिका हिमाल खनालले गरेका थिए। प्रमुख अतिथिमा अखिल(क्रान्तिकारी) केन्द्रिय उपाध्यक्ष नारायण खनाल रहेका थिए भने विशिष्ट अतिथिमा विद्यार्थी फ्याक्सन रुपन्देही इन्चार्ज होमनाथ न्यौपाने( सुदिप) रहेका थिए।
कार्यक्रममा बोल्दै प्रमुख अतिथि रहेका नारायण खनालले “नेपाली शैक्षिक प्रणाली व्यवहारिक नभएको र हरेक विद्यार्थीको निम्ति व्यवहारिक शिक्षा , ज्ञानको आवश्यक रहने र त्यसका निम्ति अखिल(क्रान्तिकारी) निरन्तर लडिरहेको बताए ।”
कार्यक्रममा प्रशिक्षकको रुपमा सि.ए. विष्णुप्रसाद बेलबासे , सुन्दर पाण्डे र छबिलाल डुम्रे तथा विद्यार्थी नेताहरू अनुप पोख्रेल , सौरभ भुसाल, कपिल चापागाईं, टिकाराम आचार्य , सिर्जना पौडेल लगायतको उपस्थिति रहेको थियो ।कार्यक्रमको स्वागत मन्तव्य इकाई समितिका उपाध्यक्ष केशब पौडेलको थियो भने कार्यक्रम संचालन मुल इकाई समितिका सचिव शिशिर के. सी. ले गरेका थिए।








