काठमाडौँ। सर्वियाको बेलग्रेडमा आयोजना हुने आईएसएफ वल्र्ड स्कुल बास्केटबल च्याम्पियनसिप २०२२ मा सहभागी हुन नेपाली बास्केटबल टोली त्यस तर्फ प्रस्थान गर्ने भएको छ ।
नेपाली टोलीलाई आईतबार एक कार्यक्रमविच राष्ट्रिय खेलकुद परिषद्का सदस्य सचिव टंकलाल घिसिङले विदाई गरे ।
विदाई कार्यक्रममा बोल्दै सदस्य सचिव घिसिङले अध्ययनका साथ साथै खेललाई पनि अगाडि बढाई रहेकोमा खेलाडी प्रति कृतज्ञ हुँदै स्कुल र कलेजमा खेलकुदको पूर्वाधार निर्माणमा जोड दिनु पर्ने र आफु त्यसमा लागि पर्ने बताए ।
प्रतियोगितामा उत्कृष्टताका लागि वैदेशिक भ्रमण फलदायी हुने भन्दै विभिन्न देशका खेलाडीहरुसंग प्रतिस्पर्धा गर्दा नेपाली खेलाडीहरुको क्षमतामा बृद्धि हुनेमा आफु विश्वस्त रहेको बताए ।
जनार्जन ढुङ्गेलको नेतृत्वमा च्याम्पियनसिपमा सहभागी हुने जाने टोलीको टिम प्रशिक्षकमा सदिश प्रधान रहेका छन् ।
यस्तै खेलाडीहरुमा सामराज श्रेष्ठ, प्रथम श्रेष्ठ, आशिप महर्जन, शिभम् श्रेष्ठ, कोनोर गुरुङ्ग, बेनभ श्रेष्ठ दुवाल, उज्वल धौगोडा, प्रणय बासी, सुजल बलय श्रेष्ठ, सुजार राजकर्णिकार र अविग्न श्रेष्ठ रहेका छन् ।
अफिसियलमा भुपेन्द्र शमसेर कुँवर, मधु ढुङ्गेल र ममता बस्नेत रहेका छन् ।उक्त टिम प्रेमियर इंटरनेशनल आईबि कन्टइनियम स्कुल् को र प्रेमियरले राष्ट्र को प्रतिनिधित्व गर्नेछ।
प्रतियोगिता सेप्टेम्बर २० देखि २८, २०२२ मा हुने कार्यक्रम रहेको छ ।
विदाई कार्यक्रममा नेपाल स्कुल स्पोर्टस् महासंघका उपाध्यक्ष मोहन कुमार कार्की, आईएसएफ कार्यकारी समितिका सदस्य, प्राविधिक कमिसनका अध्यक्ष एवं नेपाल स्कुल स्पोर्टस् महासंघका सचिव राजकुमार कार्कीको उपस्थिती रहेको थियो ।