
बुटवल। पुष्पाञ्जली आमा समुहले नेपाल अभिनाश अनाथ आश्रममा खाधन्न तथा लत्ताकपडा वितरण गरेको छ ।
समुहले आइतबार तिलोत्तमा नगरपालिका- १५ कोटिहवामा रहेको आश्रमलाई प्रमुख अतिथी, आमा समुह अध्यक्षले , आश्रम संचालकलाई वितरण गरेका हुन् ।कार्यक्रममा प्रमुख अतिथि रहनुभएका बुटवल उपमहानगरपालिका ११ जनप्रतिनिधि हिमा थामीले पुन्य कार्यको लागि आश्रम परिवारलाई आभार, बालबालिकाको व्यक्तित्वको विकासको लागि आश्रमले खेलेको भुमिकाको प्रशंसा गरेकी थिइन् । साथै आमा समुहले आगामी दिनमा अझ राम्रो कामको लागि शुभकामना दिएकी थिइन् ।
विशिष्ट अतिथि रहेका आश्रम संचालक कृष्ण ज्ञवालीले जाडो समयमा पुन्य कार्य गरेकोमा आमा समूहलाई धन्यवाद व्यक्त गरेका थिए ।
समुह उपाध्यक्ष राधा पाण्डेको स्वागत मन्तव्यबाट सुरु भएको, कार्यक्रमको संचालन सचिव सुमित्रा आचार्य तथा कार्यक्रम समापन आमा समुह अध्यक्ष लक्ष्मी कडेलले गरेकी थिइन् ।
समापन गर्दै कडेलले यस कार्यक्रमको लागि सहयोग गर्ने सम्पूर्ण आमा समुह परिवारलाई विशेष धन्यवाद दिएकी थिइन् ।