
पोखरा। तराई विद्यार्थी सेवा समाज पोखरा विश्वविद्यालयले सरस्वती पूजाको दिन माघ १२ गते सांस्कृति मेला गर्ने भएको छ।
उक्त मेलामा चर्चित कलाकार सन्दिप क्षेत्री आउने भएका छन् ।
संस्कृति मेलाका पूवकार्यक्रमहरु पौषको तेस्रो हप्तादेखि शुरू भईसकेको छ र माघ १२ गते सरस्वती पूजाको दिन समापन गरिने छ ।
पोखरा विश्वविद्यालयको इतिहासमा पहिलो पटक हुन लागेको यस कार्यक्रमलाई भव्यताका साथ सम्पन्न गर्न सबैको साथ र सहयोग रहन र हास्न सबै तयार हुन भिडीयो मार्फत सन्दिप छेत्रीले अपिल गरेका छन्।