
बुटवल । नेकपा माओवादी केन्द्र निकट विद्यार्थी संगठन अखिल (क्रान्तिकारी) सिद्धार्थ गौतम बुद्ध क्याम्पस मुल इकाई समितिले खाद्यान्न वितरण गरेको छ ।
शनिबार एक कार्यक्रमको आयोजना गरी जिल्लाको तिलोत्तमा- ९ मंगलापुरमा रहेको सिर्जनसील संस्था नेपाललाई चामल, तरकारी, मासु, तेल, नुन र चिउरा वितरण गरेको हो ।
उक्त खाद्यान्न सामान वितरण कार्यक्रमको अध्यक्षता हिमाल खनालले ग्रहण गरेका थिए भने प्रमुख अतिथि पूर्वअध्यक्ष सुप्रीया खनाल रहेकी थिइन् ।
प्रमुख अतिथि रहेकी सुप्रीया खनालले अखिल(क्रान्तिकारी)लाई सेवाको बाटोमा हिड्नको लागि मार्गदर्शन गर्ने र आजको कार्यक्रममा आफुलाई सहयोग गर्ने अवसर जुराएकोमा इकाइ कमिटीलाई धन्यवाद व्यक्त गरेको थिइन ।
कार्यक्रममा बोल्दै अध्यक्ष खनालले आफू भन्दा कम भाग्यमानी भएकाहरुलाई सहयोग गर्न पाउँदा खुसी व्यक्त गरे ।
अखिल(क्रान्तिकारी) विभिन्न किसिमले सहयोग गर्दै आएको बताउँदै उनले आगामी दिनमा अन्य क्षेत्रमा पनि सहयोग गर्ने प्रतिवद्वतासमेत व्यक्त गरेका हुन् ।
कार्यक्रम संचालन उपाध्यक्ष केसब पौडेलले गरेका थिए। कार्यक्रममा मुल इकाई पदाधिकारी तथा सदस्यहरुको समेत उपस्थिति रहेको थियो।