• गृहपृष्ठ
  • समाचार
  • विश्व
  • राजनिती
  • स्वास्थ्य
  • खेलकुद
  • मनोरन्जन
  • प्रविधि
  • विज्ञान
  • शिक्षा
  • भिडियो
  • अन्तर्वाता
×
☰
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • गृहपृष्ठ
    • गृहपृष्ठ
    • समाचार
    • विश्व
    • राजनिती
    • स्वास्थ्य
    • खेलकुद
    • मनोरन्जन
    • प्रविधि
    • विज्ञान
    • शिक्षा
    • भिडियो
    • अन्तर्वाता

ट्रेण्डिङ :

    बुटवल football खेलकुद cricket koche nepal.com power news covid-19 messi sports nepal sandeep

क्रिकेट टोलीलाई प्रधानमन्त्रीको बधाई तथा शुभकामना


  •    सुचना डबली डेस्क / २०७९, ११ फाल्गुन बिहीबार प्रकाशीत

  • Advertisement
    Advertisement

    काठमाडौँ, फागुन ११। दुबई अन्तर्राष्ट्रिय रङ्गशालामा हुने आइसिसी क्रिकेट विश्वकप लिग–२ खेल्न जाने नेपाली राष्ट्रिय क्रिकेट टोलीलाई आज बिदाइ गरिएको छ ।

    राष्ट्रिय खेलकुद परिषद् (राखेप)का संरक्षकसमेत रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र राखेपका सदस्यसचिव टङ्कलाल घिसिङले एक कार्यक्रमबीच टोलीलाई सफलताको शुभकामना दिँदै बिदाइ गरे।

    सोही अवसरमा प्रधानमन्त्री दाहालले लिग–टु अन्तर्गत नै कीर्तिपुरमा नेपाल, स्कटल्याण्ड र नामिबियाबीच भएको खेलमा शतप्रतिशत जित निकालेको नेपाली टोलीलाई बधाई दिए ।

    उनले  क्रिकेटले हासिल गरेको सफलता खेलाडीका लागि गौरवको कुरा त हुँदै हो भन्दै सम्पूर्ण खेलाडी, आम जनता र सिङ्गो राष्ट्रका निम्ति पनि गर्वको कुरा भएको बताए ।उनले शारीरिक तन्दुरुस्ती र मानसिक स्वास्थका निम्ति मात्र नभई राष्ट्रको प्रतिष्ठा, देशको समग्र अर्थतन्त्र, कूटनीति क्षेत्रका निम्ति पनि खेल क्षेत्रको भूमिका निकै बढेको धारणा व्यक्त गरे ।

    प्रधानमन्त्री दाहालले स्कटल्याण्ड र नामिबियाविरुद्ध जित हात पारेको टोलीका खेलाडीलाई जनही रु दुई लाख पुरस्कार प्रदान गर्ने घोषणा गर्दै आगामी खेलका लागि पनि सफलताका निम्ति शुभकामना व्यक्त गरे ।

    यही फागुन १५ देखि २२ गतेसम्म हुने प्रतियोगिताका लागि नेपाली टोली शनिबार युएई प्रस्थान गर्दैछ । नेपालले त्यहाँ युएई र पपुवान्युगिनीविरुद्ध प्रतिस्पर्धा गर्नेछ । त्यस्तै सदस्यसचिव घिसिङले उत्कृष्ट जित हासिल गर्दै सारा नेपालीलाई खुसी पारेकामा टोलीप्रति आभार व्यक्त गर्दै बधाई दिए ।

    नेपाली राष्ट्रिय क्रिकेट टोलीका कप्तान रोहित पौडेलले प्रधानमन्त्रीले भेटरै बधाई दिएको र खेलाडीको हौसला बढाएकामा धन्यवाद व्यक्त गरे ।

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    बिएमसी राइजिङ्गले हात पार्यो अन्तर कलेज क्रिकेटको उपाधी
    देबिलाल स्मृति कप खुल्ला क्रिकेट प्रतियोगिताको उपाधि अखिल(क्रान्तिकारी)लाई
    पाँचौ ओशियाना कृकेट विधाको फाइनलमा (एन्का)ले न्यू साउथ वेल्सलाइ हरायो
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    ताजा अपडेट
    • १. जनतासंग माओवादी अभियानको देशभर उद्घाटनः प्यूठानको माण्डवी र स्वर्गद्धारीमा सामाजिक काम गरियो

    • २. ‘रोट्रयाक्ट क्लब अफ भानु’को तेस्रो ‘पदस्थापन’ कार्यक्रम भव्यताका साथ सम्पन्न

    • ३. बुटवल बहुमुखी क्याम्पसमा गजल प्रतियोगिता सम्पन्न

    • ४. लायन्स र लियो क्लबको संयुक्त आयोजना लक्ष्मीनगरस्थित पहिरो प्रभावित क्षेत्रमा वृक्षरोपण

    • ५. कोरियामा काम गरेर फर्किएकाका लागि पुनः भाषा परीक्षाको आवेदन

    धेरै पढिएको

    हाम्रो बारेमा

    सूचना विभाग दर्ता न:१६८४/०७६-७७

    अध्यक्ष:शिशिर के.सी.

    सम्पादक:किशोर पुन मगर

    संवाददाता:टुआर क्षेत्री

    सम्पर्क

    का.म.पा. २९ अनामनगर

    मोबाइल नम्बर :९८६८६१९८८४ 

    E-mail :suchanadabalimedia@gmail.com

    फेसबुकमा हामी

    © 2020 suchanadabali.com | All rights Reserved.
     Website By :  nwTech.