• गृहपृष्ठ
  • समाचार
  • विश्व
  • राजनिती
  • स्वास्थ्य
  • खेलकुद
  • मनोरन्जन
  • प्रविधि
  • विज्ञान
  • शिक्षा
  • भिडियो
  • अन्तर्वाता
×
☰
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • गृहपृष्ठ
    • गृहपृष्ठ
    • समाचार
    • विश्व
    • राजनिती
    • स्वास्थ्य
    • खेलकुद
    • मनोरन्जन
    • प्रविधि
    • विज्ञान
    • शिक्षा
    • भिडियो
    • अन्तर्वाता

ट्रेण्डिङ :

    football बुटवल खेलकुद cricket koche nepal.com power news sports messi covid-19 प्युठान अखिल (क्रान्तिकारी)

क्रिकेट टोलीलाई प्रधानमन्त्रीको बधाई तथा शुभकामना


  •    सुचना डबली डेस्क / २०७९, ११ फाल्गुन बिहीबार प्रकाशीत

  • Advertisement

    काठमाडौँ, फागुन ११। दुबई अन्तर्राष्ट्रिय रङ्गशालामा हुने आइसिसी क्रिकेट विश्वकप लिग–२ खेल्न जाने नेपाली राष्ट्रिय क्रिकेट टोलीलाई आज बिदाइ गरिएको छ ।

    राष्ट्रिय खेलकुद परिषद् (राखेप)का संरक्षकसमेत रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र राखेपका सदस्यसचिव टङ्कलाल घिसिङले एक कार्यक्रमबीच टोलीलाई सफलताको शुभकामना दिँदै बिदाइ गरे।

    सोही अवसरमा प्रधानमन्त्री दाहालले लिग–टु अन्तर्गत नै कीर्तिपुरमा नेपाल, स्कटल्याण्ड र नामिबियाबीच भएको खेलमा शतप्रतिशत जित निकालेको नेपाली टोलीलाई बधाई दिए ।

    उनले  क्रिकेटले हासिल गरेको सफलता खेलाडीका लागि गौरवको कुरा त हुँदै हो भन्दै सम्पूर्ण खेलाडी, आम जनता र सिङ्गो राष्ट्रका निम्ति पनि गर्वको कुरा भएको बताए ।उनले शारीरिक तन्दुरुस्ती र मानसिक स्वास्थका निम्ति मात्र नभई राष्ट्रको प्रतिष्ठा, देशको समग्र अर्थतन्त्र, कूटनीति क्षेत्रका निम्ति पनि खेल क्षेत्रको भूमिका निकै बढेको धारणा व्यक्त गरे ।

    प्रधानमन्त्री दाहालले स्कटल्याण्ड र नामिबियाविरुद्ध जित हात पारेको टोलीका खेलाडीलाई जनही रु दुई लाख पुरस्कार प्रदान गर्ने घोषणा गर्दै आगामी खेलका लागि पनि सफलताका निम्ति शुभकामना व्यक्त गरे ।

    यही फागुन १५ देखि २२ गतेसम्म हुने प्रतियोगिताका लागि नेपाली टोली शनिबार युएई प्रस्थान गर्दैछ । नेपालले त्यहाँ युएई र पपुवान्युगिनीविरुद्ध प्रतिस्पर्धा गर्नेछ । त्यस्तै सदस्यसचिव घिसिङले उत्कृष्ट जित हासिल गर्दै सारा नेपालीलाई खुसी पारेकामा टोलीप्रति आभार व्यक्त गर्दै बधाई दिए ।

    नेपाली राष्ट्रिय क्रिकेट टोलीका कप्तान रोहित पौडेलले प्रधानमन्त्रीले भेटरै बधाई दिएको र खेलाडीको हौसला बढाएकामा धन्यवाद व्यक्त गरे ।

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    एनपीएलको दोस्रो सिजन आजबाट सुरु, उद्घाटन खेलमा जनकपुर र काठमाडौँ भिड्दै
    न्युजिल्याण्डका जिम्मी निसमले पोखराबाट एनपिएल खेल्ने
    बंगलादेशसंग बराबरीमा रोकियो नेपाल
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    ताजा अपडेट
    • १. एनपीएलको दोस्रो सिजन आजबाट सुरु, उद्घाटन खेलमा जनकपुर र काठमाडौँ भिड्दै

    • २. प्रधानमन्त्रीसहित १० मन्त्रीले बुझाए सम्पत्ति विवरण

    • ३. जेनजीले प्रधानमन्त्रीलाई बुझाए सम्झाैताकाे मस्याैदा

    • ४. धनुषामा गोली हानेर वडाध्यक्षको हत्या

    • ५. मतदाता नामावली संकलन म्याद ५ दिन थपियो

    धेरै पढिएको

    हाम्रो बारेमा

    सूचना विभाग दर्ता न:१६८४/०७६-७७

    सम्पादक:किशोर पुन मगर

    संवाददाता:विन्दु खनाल 

    सम्पर्क

    स्वर्गद्वारी न. पा. ४, प्युठान

    मोबाइल नम्बर :९८६८६१९८८४ 

    E-mail :suchanadabalimedia@gmail.com

    फेसबुकमा हामी

    © 2020 suchanadabali.com | All rights Reserved.
     Website By :  nwTech.