
बुटवल। सिद्धार्थ गौतम बुद्ध क्याम्पस बुटवलमा अनेरास्वबियू (क्रान्तिकारी) अर्घाखाँची-रुपन्देही सिद्धार्थ गौतम बुद्ध क्याम्पस समन्वय समिति आज एक समारोह बिच क्याम्पसमा गठन भएको छ ।
संगठनका मुल इकाई समिति अध्यक्ष हिमाल खनालको अध्यक्षतामा र संगठन इकाईका पुर्व अध्यक्ष सपन पौडेल र टिकाराम आचार्यको आतिथ्यता रहेको भेलाबाट समन्वय समितिको अध्यक्षमा मन्जु खनाल उपाध्यक्षमा पुष्पा पन्थी, अप्सना चौहान, पदम कुवर सचिब नम्रता खनाल सहसचिव जानका पोख्रेल , मनिषा बन्जाडे, सरिता वि.क. सुस्मिता भुसाल कोषाध्यक्षमा रुबिना भट्टराई सहित ५१ सदस्यीय समिति गठन भएको छ ।
कार्यक्रममा बोल्दै अध्यक्ष खनालले “अर्घाखाँचीबाट बुटवलको सिद्धार्थमा पढ्न आउदै गर्दा केहि समस्या परेमा समन्वयन गरि हल गर्न सुझाव दिदै आगामी स्व.वि यु चुनावमा आफुलाई मतदान गर्न समेत अनुरोध गरे।”
कार्यक्रम संचालन मुल इकाई सचिव शिशिर के.सी.ले गरेका थिए ।