• गृहपृष्ठ
  • समाचार
  • विश्व
  • राजनिती
  • स्वास्थ्य
  • खेलकुद
  • मनोरन्जन
  • प्रविधि
  • विज्ञान
  • शिक्षा
  • भिडियो
  • अन्तर्वाता
×
☰
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • गृहपृष्ठ
    • गृहपृष्ठ
    • समाचार
    • विश्व
    • राजनिती
    • स्वास्थ्य
    • खेलकुद
    • मनोरन्जन
    • प्रविधि
    • विज्ञान
    • शिक्षा
    • भिडियो
    • अन्तर्वाता

ट्रेण्डिङ :

    football बुटवल खेलकुद cricket koche nepal.com power news sports messi covid-19 प्युठान अखिल (क्रान्तिकारी)

फस्ट गोल्डेनहर्स इन्टरनेशनल अवार्ड–२०२२ राजधानीमा सम्पन्न


  •    सुचना डबली डेस्क / २०८०, २० असार बुधबार प्रकाशीत

  • Advertisement

    काठमाडौं । गोल्डेनहर्स फिल्मस् प्रा.लि.को आयोजनामा “फस्ट गोल्डेनहर्स इन्टरनेशनल अवार्ड–२०२२” राजधानीमा मंगलवार सम्पन्न भएको छ ।

    “राष्ट्रको विकास र समृद्धिमा योगदान–भाषा, कला, गीत, संगीत र चलचित्रकर्मीहरूको सम्मान” भन्ने नाराका साथ नेपाली कला, सँस्कृति, साहित्य, गीतसंगीत र चलचित्र क्षेत्रको प्रवद्र्धन तथा यस क्षेत्रसँग सम्बन्धित कलाकर्मीहरूको प्रोत्साहनका लागि सो अवार्ड कार्यक्रमको आयोजना गरिएको हो ।

    नेपाली चलचित्र क्षेत्रका मूर्धन्य तीन विशिष्ठ चलचित्रकर्मीहरू अर्थात त्रिदेवी भुवन चन्द, चैत्यदेवी सिंह तथा वसुन्धरा भुषालको प्रमुख आतिथ्यमा सम्पन्न सो समारोहको सभापतित्व गोल्डेनहर्स फिल्मस् प्रा.लि.का प्रबन्ध निर्देशक अच्युत बजगाँईंले गरेका थिए भने कार्यक्रम निर्देशक वरिष्ठ चलचित्र सम्पादक वनिश शाह तथा कार्यक्रम संयोजक गीतकार तथा चलचित्रकर्मी गणेश सुवेदी थिए ।

    नेपाल पर्यटन बोर्डको सहकार्यमा सम्पन्न सो समारोहमा चलचित्र विधा तथा गीतसंगीत (लोक तथा आधुनिक) विधा तर्फका सर्वोत्कृष्ठ सर्जक तथा सृजनाहरूलाई अवार्ड तथा प्रमाण–पत्र प्रदान गरिएको थियो ।

    सर्वोत्कृष्ठ अवार्ड प्राप्त गर्ने चलचित्र विधा तर्फका सर्जक तथा सृजनाहरूमा अभिनेत्री मिथिला शर्मा–कठपुतली, अभिनेता सौगात मल्ल–लप्पनछप्पन २, छाँयाकार पुरुषोत्तम प्रधान–चपली हाईट ३, सम्पादक मिलन श्रेष्ठ–लप्पनछप्पन २, कथा सम्पदा मल्ल–कठपुतली, निर्देशक सुर्दशन थापा–म यस्तो गीत गाउँछु २ र चलचित्र कठपुतली–पृथ्वी राणा प्रोडक्शन रहेका छन् ।

    त्यसैगरी गीतसंगीत अन्र्तगत लोकगीत तर्फ सर्वोत्कृष्ठ अवार्ड प्राप्त गर्ने सर्जक तथा सृजनाहरूमा लोकगायिका शान्ती श्री परियार–चौकादाउ, लोकगायक खेम सेञ्चुरी–मन परेको मान्छे, संगितकार श्रीकृष्ण बम मल्ल–डाँडाँघरे साईंली, गीतकार कस्तुप पन्त–डालीको फूल, महिला मोडल अञ्जली अधिकारी–हातैका पौजाले, पुरुष मोडल बिमल अधिकारी–दोधारैमा परेको छु, छाँयाकार राजेश घिमिरे–तिम्रो एकै नजर, सम्पादक प्रविण भट्ट–पीर तथा म्युजिक भिडियो निर्देशक स्मृति तिमल्सिना (गुरूआमा)–मुटु बैना रहेका छन् ।

    यसका साथै गीतसंगीत अन्र्तगत आधुनिक गीत तर्फ सर्वोत्कृष्ठ अवार्ड प्राप्त गर्ने सर्जक तथा सृजनाहरूमा गायिका मिलन नेवार–फूलबुट्टे सारी, गायक शिव परियार–आँशुको अर्थ ३, संगितकार राजनराज शिवाकोटी–फूलबुट्टे सारी, गितकार गोविन्द भट्ट गाँऊले ठिटो, महिला मोडल शिल्पा पोखरेल–भूपुमाया २, पुरुष मोडल पुष्प खड्का–कति राम्री, छाँयाकार उत्सव दाहाल–तिमिले दिएको गलबन्दी, सम्पादक विकास दाहाल–सुनैको दरवार तथा म्युजिक भिडियो निर्देशक राजेश पुमा राई–फूलबुट्टे सारी रहेका छन् ।

    अवार्डका लागि चलचित्र विधा तर्फका निर्णायक समिति सदस्यहरूमा संयोजक मोहन निरौला तथा सदस्यहरू करूण थापा र उदय सुव्बा रहनु भएको छ भने गीतसंगीत विधा तर्फका संयोजक वावुराजा के.सी. (उज्वल) तथा सदस्यहरू रामेश्वर वुर्लाकोटी, प्रकाश भट्ट, देवेन्द्र पाण्डे र लिलाधर भट्टराई (लिगेश) रहेका थिए ।

    समारोहमा निर्णायक समिति सदस्यहरूको तर्फबाट प्रोत्साहन स्वरूप केहि उत्कृष्ठ सर्जक तथा सृजनाहरूलाई जुरी अवार्ड समेत प्रदान गरिएको थियो । जसमा चलचित्र विधा तर्फ अभिनेत्रीको रूविना थापाले डाँडाँको वरपिपल तथा गीतसंगीत तर्फ छाँयाकार रामेश्वर हुमागाईं, म्युजिक भिडियो निर्देशक विनयराज पौडेल–नुनको भारी, गायक अञ्जन रेग्मी–नोट हजार र पुरुष मोडल रमेश सोडारीले प्राप्त गरेका थिए ।  “फस्ट गोल्डेनहर्स इन्टरनेशनल अवार्ड–२०२२” कै अवसरमा समाज तथा राष्ट्रका लागि विभिन्न क्षेत्र मार्फत विशिष्ट योगदान गर्नुहुने व्यक्तित्वहरूलाई सम्मानित गरिएको थियो ।

    सो समारोहमा सम्मानित हुने व्यक्तित्वहरूमा सामाजिक सेवा तर्फ मण्डनदेउपुर नगरपालिकाका नगर प्रमुख टोक बहादुर वाइबा, नेपाल डेरी एसोसिएशनका अध्यक्ष प्रल्हाद दाहाल, विशिष्ठ शिक्षासेवी शेषकान्त पराजुली, अस्तित्व व्यवस्थापनशास्त्रका प्रणेता डि.पी. आत्रेय, वरिष्ठ सञ्चारकर्मी निर्जला कक्षपति, समाजसेवी तथा कलाकार रामेश्वर के.सी., दन्तप्रविधि विज्ञ दुर्गा भुषाल, कृषि अवार्ड आयोजक तथा सञ्चारकर्मी शेखर खनाल, पर्यटन व्यावसायी तथा चलचित्र निर्माता विनोद सापकोटा, पर्यटन व्यावसायी तथा समासेवी राम प्रसाद वञ्जरा, प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना इकाई कार्यालय धनुषा प्रमुख युगल किशोर तिवारी तथा समासेवी तथा सञ्चालक पाटन प्याथ ल्याव वृन्दा शाही देशार रहेका छन ।

    त्यसैगरी चलचित्र विधा मार्फत विशेष योगदान गर्नुहुने व्यक्तित्वहरूमा विशिष्ठ चलचित्रकर्मी मुकुन्द थापा, उत्तम के.सी., पुकार भट्टराई, पवन के.सी., मुकुन्द मैनाली, काजी लिम्बु, अमर वली, रामशरण कोइराला, सविना कार्की, गोपाल ढकाल “छन्दे”, उषा खनाल, सौरभ लामा, शाहिल खान, रेनिश फागो लगायतका हुनुहुन्छ । यसका साथै गीतसंगीत विधा मार्फत योगदान गर्नुहुने व्यक्तित्वहरू शंकर बि.सी, अष्ट लामा, रमा थापा, जितेन तामाङ लामा, राम कुमार नेपाली, अमृत भारतीका साथै फोटोग्राफर युनिक पौडेल, महम्मद जलिम र केशव पाण्डे लगायतरहेका रहेका थिए ।

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    जेन-जी प्रदर्शनको क्रममा ज्यान गुमाउनेको संख्या ५१ पुग्याे
    बिसिआईका विद्यार्थीलाई असईमा सफलता, सम्मान कार्यक्रम सम्पन्न
    देशका धेरै स्थानमा हल्कादेखि मध्यम वर्षा
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    ताजा अपडेट
    • १. जेनजी आन्दोलनमा ज्यान गुमाएकालाई शहीद घोषणा, मृतकका परिवारलाई १०/१० लाख रुपैयाँ दिइने

    • २. एसिया कपः आज भारत र पाकिस्तान भिड्दै

    • ३. ​सुमना श्रेष्ठले छाडिन् रास्वपा

    • ४. सुशिला कार्की बनिन् नेपालको पहिलो महिला प्रधानमन्त्री

    • ५. सुशीला कार्कीलाई अन्तरिम सरकार प्रमुख बनाउने सहमति, आजै शपथ

    धेरै पढिएको

    हाम्रो बारेमा

    सूचना विभाग दर्ता न:१६८४/०७६-७७

    सम्पादक:किशोर पुन मगर

    संवाददाता:विन्दु खनाल 

    सम्पर्क

    स्वर्गद्वारी न. पा. ४, प्युठान

    मोबाइल नम्बर :९८६८६१९८८४ 

    E-mail :suchanadabalimedia@gmail.com

    फेसबुकमा हामी

    © 2020 suchanadabali.com | All rights Reserved.
     Website By :  nwTech.