तनहुँ । रोट्रयाक्ट क्लब अफ भानुको तेस्रो पदस्थापन कार्यक्रम सम्पन्न भएको छ ।
शनिबार आदिकवि भानुभक्त जन्मस्थल विकास समितिको सभाहल चुँदिरम्घामा उक्त कार्यक्रम भव्यताका साथ सम्पन्न भएको हो ।
कार्यक्रमा क्लवका वर्ष २०२३/२४ का लागि नवनिर्वाचित कार्यसमितिलाई पद हस्तान्तरण सहित पदस्थापना गराइएको थियो ।
क्लबका निवर्तमान अध्यक्ष परियारले क्लबका वर्तमान अध्यक्ष राउतलाई ब्याज र कलर लगाएर पद हस्तान्तरण गरे ।
यसका साथै वर्ष २०२३/२४ का पदाधिकारी तथा डाइरेक्टरहरुलाई सपथ ग्रहण गराइएको हो । अध्यक्ष राउतलाई जोन १५ का सचिव यम बतासले सपथ ग्रहण गराएका थिए भने अन्य निर्वाचित पदाधिकारीलाई अध्यक्षले सपथ ग्रहण गराएका थिए ।
अघिल्लो वर्ष क्लबले गरेका कामको कदर गर्दै निवर्तमान अध्यक्षले आफ्नो कार्यकालका सबै पदाधिकारी एवम् सदस्यहरूलाई मायाको चिनो प्रदान गरेका थिए । साथै उनले आफ्नो कार्यकाललाई सफल बनाइदिएकोमा आभार व्यक्त गर्दै यस वर्षका नेतृत्व गरिरहेका राउतलाई पनि सहयोग र समर्थन गर्न आग्रह गरेका छन् ।
कार्यक्रम प्रमुख अतिथिको रुपमा भानु नगर पालिकाकी उपमेयरको उमा गोतामेको प्रमुख अतिथ्यतामा सम्पन्न भएको हो । २०२२/२३ र २०२३/२४ का अध्यक्षहरुको संयुक्त अध्यक्षतामा सम्पन्न कार्यक्रममा रोट्रयाक्ट क्लब अफ दमौलीका अध्यक्ष अनुज बिमली, आदिकवि भानुभक्त जन्मस्थल विकास समितिका निर्देशक शंकर रानाभाट, जोन १५का सचिव यम बतास लगायतले बोलेका थिए ।
उक्त कार्यक्रममा क्लबकी उपाध्यक्ष सकिना खातुनले स्वागत गरेकी थिइन् भने सचिव अनुज खनालले कार्यक्रम सञ्चालन गरेका थिए ।
पदस्थापन कार्यक्रममा जोनका अन्य रोट्रयाक्ट क्लबका अध्यक्ष एवं पदाधिकारीका साथै विभिन्न सामाजिक सङ्घसंस्थाका प्रतिनिधिहरूको उपस्थिति रहेको सचिव जानकारी खनालले दिए ।