• गृहपृष्ठ
  • समाचार
  • विश्व
  • राजनिती
  • स्वास्थ्य
  • खेलकुद
  • मनोरन्जन
  • प्रविधि
  • विज्ञान
  • शिक्षा
  • भिडियो
  • अन्तर्वाता
×
☰
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • गृहपृष्ठ
    • गृहपृष्ठ
    • समाचार
    • विश्व
    • राजनिती
    • स्वास्थ्य
    • खेलकुद
    • मनोरन्जन
    • प्रविधि
    • विज्ञान
    • शिक्षा
    • भिडियो
    • अन्तर्वाता

ट्रेण्डिङ :

    बुटवल football खेलकुद cricket koche nepal.com power news covid-19 messi sports nepal sandeep

जनतासंग माओवादी अभियानको देशभर उद्घाटनः प्यूठानको माण्डवी र स्वर्गद्धारीमा सामाजिक काम गरियो


  •    सूचना डबली संवाददाता / २०८०, १७ भाद्र आईतवार प्रकाशीत

  • Advertisement
    Advertisement

    स्वर्गद्धारी । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) को जनतासँग पार्टीलाई जोड्ने केन्द्रीय योजना अनुसार देशव्यापी रुपमा ’जनतासँग माओवादी विशेष रुपान्तरण अभियान’ को उत्साहजन ढंगले विविध सामाजिक काम गरेर उद्घाटन भएको छ ।

    माओवादी केन्द्रले हिजो भाद् १६ गते उक्त तीन महिने अभियानको देशका सबैं वडा, गाउँबस्तीहरुबाट नेता कार्यकर्ता र जनताको व्यापक सहभागीतामा अभियानको उद्घाटन गरेको हो ।

    माओवादी केन्द्रको हालै सम्पन्न (श्रावण १७–२१) केन्द्रीय समिति बैठकबाट ठोस गरिएको अभियानका क्ममा माओवादी केन्द्रका पदाधिकारी, स्थायी समिति, केन्द्रीय समिति, सल्लाहकार, आयोग, प्देश पदाधिकारी र संघ संगठन मोर्चाका जिम्मेवार नेताहरुलाई अन्तर जिल्ला तथा अन्यलाई अन्तर पालिका, अन्तर वडामा हुने गरि कार्यक्षेत्र विभाजन गरेको छ ।

    उक्त स्प्टि अनुसार माओवादीका नेताहरु अहिले अभियानलाई सफल पार्न आ आफ्नो कार्यक्षेत्र लिएर विभिन्न जिल्ला, स्थानिय तह र विशेष वडामा खटिएका छन ।

    केन्द्रीय नेताहरु समेतले वडा विशेष कार्यक्षेत्र बनाउनुपर्ने नीति अनुसार अहिले पार्टीका नेताहरु अभियानमा होमिएसँगै पहिलो र तयारीको चरण (श्रावण ३०–भाद् १५) मा माओवादीमा देशव्यापी उत्साह थपिएको देखिन्छ । नयाँ ठाउँका नेताहरु नयाँ ठाउँमा कार्यक्षेत्र लिएर जनताको घर आँगनमा जाँदा पार्टी भित्रको अन्तरविरोध बुझ्न, हल गर्न तथा जनतासँग टुटेको सम्बन्ध स्थापित गर्दै, माओवादी आन्दोलनमा विकास गर्न सकिने विश्वास माओवादी केन्द्रले गरेको छ ।

    माओवादीको कार्यविभाजन अनुसार लुम्बिनी प्देश अन्तर्गत प्यूठान जिल्लामा माओवादी केन्द्रका केन्द्रीय सदस्य निर्मल आचार्य जिल्ला इन्चार्ज र केन्द्रीय सदस्य, नारायण अधिकारी, लोकराज जैसी लोकेश (बर्दिया), रुद् बञ्जाडे तथा प्देश उपाध्यक्ष लुमाकान्त न्यौपाने विभिन्न स्थानीय तहको इन्चार्जको जिम्मेवारीमा खटिरहेका छन् ।

    नेकपा माओवादी केन्द्रका केन्द्रीय सदस्य तथा प्यूठानको स्वर्गद्धारी नगर कमिटी र माण्डवी गाउँपालिका कमिटीको इन्चार्ज लोकराज जैसी (लोकेश) का अनुसार अभियानको पहिलो चरण उत्साहजन रहेको र अभियानको तीन महिनासम्म पुग्दा पुराना केता, कार्यकर्ता, समर्थकहरु माओवादी केन्द्रमा सक्रिय हुने तथा आमजनताहरु समेत माओवादीमा एकताबद्ध बन्ने ढृण विश्वास व्यक्त गर्दछन ।

    अभियानको हिजोबाट (भाद् १६–२५) दोश्रो चरणमा अन्तरपार्टी स्कुल, विषयगत अन्तक्रिया, तालिम, गोष्ठी, जनप्शिक्षण, शहिद वेपत्ता योद्धा परिवारसँग भेटघाट, जनभेला, टोलटोलमा युवा, महिला, विद्यार्थी र मोर्चा संगठनहरुको भेला, स्थानीय सरकारी तथा सामाजिक संघ संस्थाहरुसँग छलफल, जनताका सामाजिक मुद्दाको उठान, पहल लगाएतका कामहरु अघि बढाइने र अभियानको तेश्रो चरण (भाद् २७–मंसिर १५) सम्म अभियानलाई उत्कर्षमा पुर्याउने योजना माओवादीले बनाएको छ । उक्त योजना विशेषत माओवादी जनतासँग जोडिने र जनताबाट सिक्दै नेताहरु रुपान्तरणमा जाने, जनताको नेता बन्ने, जनताको पार्टी माओवादी केन्द्रलाई बनाउनेमा केन्द्रीत रहेको बुझिन्छ ।

    त्यस्तै उक्त अभियानबारे बताउदैं माओवादी केन्द्रका केन्द्रीय सदस्य लोकराज जैसीले प्यूठानका स्वर्गद्धारी, मल्लरानी, नौबहिनी, झिमरुक, माण्डवी, ऐरावती, गौमुखी, प्युठान गरी सबैं स्थानीय तहभित्रका वडा, टोल बस्तीहरुबाट हिजो अभियानको उत्साहजन ढंगले उद्घाटन भएको बताए । नेता जैसीका अनुसार उद्घाटनको क्रममा माओवादीले विभिन्न स्थानमा बाटो मर्मत, सरसफाई, कार्यालय स्थापना, पार्कको मर्मत सम्भार, शहिद बेपत्ता र योद्धा परिवारलाई सम्मान लगाएतका सामाजिक महत्वका कामहरु गरेको छ ।

    अभियानको क्रममा सवर्गद्धारी र माण्डवीमा समेत उत्साहजन सहभागिता रहेको बताउँदै, नेता जैसीले स्वर्गद्धारीको ४ नम्बर वडा अन्तर्गत भिंगृ बजार क्षेत्र र नगरपालिका क्षेत्र वरपर लामो समयदेखि थुप्एिको फोहोर उठाउँदै माओवादी केन्द्ले आफुहरु सामाजिक न्याय, सुशासन र संवृद्धीको पक्षमा रहेको, समाजको आर्थिक, सामाजिक, राजनीति प्दुषण तथा भ्ष्टाचारको हटाउन सशक्त ढंगले अघि बढेको सन्देश दिएको बताए ।

    भिंगृमा माओवादीका करिब तीन दर्जन बढी नेता, कार्यकर्ता र समर्थकहरुको सहभागितामा सरसफाई सहित अभियानको भव्य उद्घाटन गरिएको थियो । वडा नम्बर चारको कार्यक्रममा नेता जैसीको प्मुख आतिथ्यता तथा अन्य नेता, कार्यकर्ता, समर्थकको सहभागिता रहेको थियो ।

    त्यस्तै स्वर्गद्वारीको वडा नं १ मा पार्टीको प्देश समिति सल्लाहकार धु्वविक्रम सेन (भुकम्प) को नेतृत्वमा कोचिवांङ स्वास्थ्य चौकी र नेरा मावि कोचिवांङमा सरसफाई, वडा नं २ मा पार्टीको केँद्ीय सदस्य नारायण अधिकारीको आतिथ्यता र प्देश सदस्य मेघराज जिसि सहितका नेताहरुको नेतृत्वमा गौरा टोल देखि धनखन्ने सम्म गोरेटो बाटो मर्मत, वडा नं ३ मा पार्टीको केन्द्ीय सदस्य लोकेशको प्मुख आतिथ्यता र जिल्ला समन्वय समिति सदस्य दुर्गा रेग्मीको नेतृत्वमा भिगृ स्वास्थ्य सेवा केन्द्र सरसफाई र वडा पार्टी कार्यालय स्थापना, वडा नं ५ मा सम्पर्क कार्यालय स्थापना , वडा ६ मा सहिद परिवारलाई सम्मान, वडा नं ७ मा पार्टीको प्देश सदस्य सुनिल सापकोटाको नेतृत्वमा सोत्रे स्वास्थ्य चौकी र वडा कार्यालय सरसफाई, वडा नं ८ मा जनता माध्यमिक विद्यालय सरसफाई र वडा नं ९ मा ब्यानर पढेर अभियानको उद्घाटन गरिएको छ ।

    त्यस्तै स्वर्गद्वारी नगरपालिका वडा नं २ मा नेकपा एमाले र नेपाली कांग्रेस परित्याग गरी दुई दर्जन नेता तथा कार्यकर्ता नेकपा माओवादी केन्द्रमा प्रवेश गरेका छन्। जस अन्तर्गत नेकपा एमालेबाट प्रकाश घर्तीको नेतृत्वमा २२ जना र नेपाली कांग्रेसबाट लाल बहादुर जैसी र कलि जैसि गरि २ जना प्रवेश गरेका छन । माओवादी अभियानले जनताको मनमनमा प्भाव पारेको तथा एमाले कांग्ेसका किल्ला भत्किदैं गएको नेताहरु बताउँछन ।

    त्यस्तै प्यूठानको माण्डवी गाउँपालिका कमिटी अन्तर्गत माओवादी केन्द्रले त्यहाँको मुख्य केन्द्रका रुपमा रहेको वडा नम्बर तीनको जस्पुर (चकचके) बजारमा माओवादी केन्द्रका केन्द्ीय सदस्य लोकराज जैसीको प्मुख आतिथ्यता, पार्टीका प्देश सदस्य पुरुषोत्तम बराईली सहित दर्जनौं नेता, कार्यकर्ता र समर्थकको सहभागितामा बजार सरसफाई गरेर अभियानको उद्घाटन गरेको छ ।त्यस्तै माण्डवीको वडा नम्बर १ मा पार्टीको पालिका कमिटी सचिव श्रीकुमार अधिकारीको नेतृत्वमा बन कार्यालयमा सरसफाई, अभियान टोली घोषणा, वडा नम्बर २ मा पार्टीको पालिका कमिटी सहसचिव गिरीराज पौडेलको नेतृत्वमा शहिद पार्क सरसफाई, अभियान टोली घोषणा, वडा नम्बर ४ मा जिल्ला संयोजक नवराज अधिकारी र पार्टीको पालिका कमिटीका नेता सानु परिवारको नेतृत्वमा वडा कार्यालय सरसफाई, जनभेला, वडा नम्बर ५ मा पार्टीको पालिका कमिटी अध्यक्ष बल बहादुर केसी (शिसिर) को नेतृत्वमा सरसफाई र अभियान टोली घोषणा गरेर अभियानको उद्घाटन गरिएको छ ।

    नेता जैसीले तत्काल स्वर्गद्धारी र माण्डवीको सचिवालय बैठक बसेर अभियानमा हरेक दिनको लागि कार्यक्रम ठोस गर्दै, वडामा अभियान टोलीको नेतृत्व कार्यविभाजन हेरफेर लगाएतका विषयमा छलफल गर्ने बताएका छन । त्यस्तै केही दिनमा माओवादी केन्द्र प्यूठानको सचिवालय बैठक समेत बस्ने तयारी भैरहेको समेत बुझिएको छ ।

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    ‘रोट्रयाक्ट क्लब अफ भानु’को तेस्रो ‘पदस्थापन’ कार्यक्रम भव्यताका साथ सम्पन्न
    बुटवल बहुमुखी क्याम्पसमा गजल प्रतियोगिता सम्पन्न
    लायन्स र लियो क्लबको संयुक्त आयोजना लक्ष्मीनगरस्थित पहिरो प्रभावित क्षेत्रमा वृक्षरोपण
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    ताजा अपडेट
    • १. जनतासंग माओवादी अभियानको देशभर उद्घाटनः प्यूठानको माण्डवी र स्वर्गद्धारीमा सामाजिक काम गरियो

    • २. ‘रोट्रयाक्ट क्लब अफ भानु’को तेस्रो ‘पदस्थापन’ कार्यक्रम भव्यताका साथ सम्पन्न

    • ३. बुटवल बहुमुखी क्याम्पसमा गजल प्रतियोगिता सम्पन्न

    • ४. लायन्स र लियो क्लबको संयुक्त आयोजना लक्ष्मीनगरस्थित पहिरो प्रभावित क्षेत्रमा वृक्षरोपण

    • ५. कोरियामा काम गरेर फर्किएकाका लागि पुनः भाषा परीक्षाको आवेदन

    धेरै पढिएको

    हाम्रो बारेमा

    सूचना विभाग दर्ता न:१६८४/०७६-७७

    अध्यक्ष:शिशिर के.सी.

    सम्पादक:किशोर पुन मगर

    संवाददाता:टुआर क्षेत्री

    सम्पर्क

    का.म.पा. २९ अनामनगर

    मोबाइल नम्बर :९८६८६१९८८४ 

    E-mail :suchanadabalimedia@gmail.com

    फेसबुकमा हामी

    © 2020 suchanadabali.com | All rights Reserved.
     Website By :  nwTech.