बुटवल । लुम्बिनी कानूनी अनुसन्धान केन्द्र बुटवलको दोस्रो साधारण सभा बुटवलमा सम्पन्न भएको छ ।
अनुसन्धान केन्द्रका अध्यक्ष अधिवक्ता मदन कुमार पुनको अध्यक्षता तथा लुम्बिनी प्रदेश सरकारका गृहमन्त्री मानननीय सन्तोष कुमार पाण्डेको प्रमुख आतिथ्यता सम्पन्न भएको हो।
साधारण सभामा प्रमुख अतिथीको रुपमा बोल्दै मन्त्री पाण्डेले कानून कार्यन्वयनमा देखिएका समस्याहरु हमिले नै मिलेर समाधान गनुपर्ने बताए । हामीले संघियताको कार्यननमना भएका समस्या र त्यासको सामाधानको लागि कानूनी अनुसन्धान केन्द्रसंग मिलेर कानुन निर्माण गर्ने बताए।
साधारण सभामा विशिष्ट अतिथी पा.डा. नारायण बेल्बासेले अनुसन्धान केन्द्रले कानुनको क्षेत्रमा निरन्तर अनुसन्धान अगाडि बढाइ यसले कानुन निर्माण तथा विद्यमान कानूनको बारेमा समेत गहिरो अनुसन्धान गर्नुपर्ने बताए।
उक्त कार्यक्रम संस्थाका सचिव अधिवक्ता अनुप पोख्रलको संचालनमा भएको कार्यक्रममा स्वागत मन्तव्य संस्थाको उपाध्यक्ष अधिवक्ता दामोदर घिमिरेको रहेको थियो।