बुटवल । CHITF तेक्वान्डो रुपन्देहीको आयोजनामा बुटवलमा पहिलो जिल्ला स्तरीय CHITF तेक्वान्डो प्रतिस्पर्धा बुटवल उप महानगरपालिकाको वार्ड नम्बर ५ हाटबजारको कवर्डहलमा उद्द्घाटन भएको छ ।
उक्त प्रतिस्पर्धा कार्यक्रमको अध्यक्षता संस्थाका जिल्ला अध्यक्ष करण विश्वकर्माले गरेका थिए भने प्रमुख अतिथिको रुपमा नेपाल सरकारका पुर्व वाणिज्य तथा आपूर्ति मन्त्री गणेशमान पुनको रहेको थियो ।
पुनले बोल्ने क्रममा राष्ट्रको महत्वपूर्ण पहिचानको रुपमा खेल क्षेत्र रहेकोले राज्यको नजर खेलकुद तर्फ जानू पर्ने र हाम्रा स्थानीय, परम्परागत खेलहरुको विकास गर्नु पर्नेमा जोड दिए ।
कार्यक्रममा संस्थाका केन्द्रिय उपाध्यक्ष नितेन कुमार रौनियार, जिल्ला खेलकुद विकास समितिका उपाध्यक्ष जय बहादुर सुनार, अधिवक्ता अनुप पोख्रेल , युवा नेता टिकाराम आचार्य , केशव श्रीस लगाएत १५० भन्दा धेरै प्रतिस्पर्धी खेलाडीहरुको उपस्थिति रहेको थियो भने कार्यक्रम २ दिन सम्म चल्ने छ ।
कार्यक्रमको संचालन दिपक खत्री र स्वागत मन्तव्य सचिव हिम बहादुर बुढा मगरले गरेका थिए।