
प्युठान । स्वर्गद्वारी पाँचौँ राष्ट्रपति रनिङशिल्ड प्रतियोगिताको उपाधि जनता मावि बर्जिवाङ्गले हात पार्न सफल भएको छ ।
प्रतियोगिता स्वर्गद्वारी नगरपालिकाको आर्थिक सहयोग तथा राष्ट्रपति रनिङ्गशिल्ड व्यवस्थापन एवम् निर्देशन समितिको आयोजनामा पौष १८ देखि संचालन गरिएको थियो ।
प्रतियोगितामा १२ वटा विद्यालय सहभागी थिए । जसबाट सबैभन्दा धेरैँ स्वर्णसहित जनता माविले पहिलो पटक शिल्ड हात पार्न सफल भएको हो । जनताले १० स्वर्ण , ४ रजक, २ काश्यसहित शीर्ष स्थानमा रहँदै उपाधि हात पार्न सफल भएको हो ।
यस्तै, अमर माविले ९ स्वर्ण, बेल्बास माविले ६ स्वर्ण हात पार्न सफल भएको छ ।
दूर्गबहादुर बुढाथोकीको अध्यक्षताबाट सुरु भएको उक्त कार्यक्रमको प्रमुख अतिथी नगर प्रमुख टेकप्रसाद भण्डारी रहेका थिए ।
पदक तालिका