• गृहपृष्ठ
  • समाचार
  • विश्व
  • राजनिती
  • स्वास्थ्य
  • खेलकुद
  • मनोरन्जन
  • प्रविधि
  • विज्ञान
  • शिक्षा
  • भिडियो
  • अन्तर्वाता
×
☰
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • गृहपृष्ठ
    • गृहपृष्ठ
    • समाचार
    • विश्व
    • राजनिती
    • स्वास्थ्य
    • खेलकुद
    • मनोरन्जन
    • प्रविधि
    • विज्ञान
    • शिक्षा
    • भिडियो
    • अन्तर्वाता

ट्रेण्डिङ :

    football बुटवल खेलकुद cricket koche nepal.com power news sports messi covid-19 प्युठान अखिल (क्रान्तिकारी)

श्रीमानको काँध मै श्रीमति सुत्केरी,१४ बर्षमा पहिलो सन्तान


  •     / २०७५, ५ मंसिर बुधबार प्रकाशीत

  • Advertisement

    बुटवल । श्रीमानको काँधमा मै एक महिला सुत्केरी भएकी छन् । गुल्मीको विकट गाउँ अर्खबाङ्गमा सुत्केरी ब्याथा लागेका महिला सुत्केरी गराउन स्वास्थ्य चौकी लाने क्रममा बाटै मै श्रीमानको काँधमा सुत्केरी भएकी हुन् ।

    मालिका गाउँपालिका वडा नम्वर ४ , साविक अर्खबाङ्गको काभ्रे निवासी २८ बर्षिया निरा घर्ति मगर स्टेचरमा बोकेर अर्खबाङ्ग ठुला चौरको स्वास्थ्य चौकीमा रहेको वर्थिङ्ग सेन्टरमा लादै गर्दा सुत्केरी भइन् । मोटर बाटो सुविधा नपुगेको काभ्रे गाउँबाट उनका श्रीमान यमबहादुर घर्ति मगरसहित चार जनाले स्टेचरमा बोकेर माथी अर्खबाङ्ग ठुलाचौरको स्वास्थ्य चौकीमा रहेको वर्थिङ्ग सेन्टरमा ल्याउँदै गर्दा घरबाट हिडालेको १० मिनेट नहुँदै स्टेचर मै श्रीमति सुत्केरी भएको श्रीमान यमबहादुर घर्तिले बताए ।

    यमबहादुरका अनुसार श्रीमति निराले १४ बर्षमा पहिलो सन्तान छोरी जन्माएकी थिइन् , भने १६ वर्षमा दोश्रो सन्तान छोरा जन्माइन् र अहिले यो तेश्रो सन्तानका रुपमा स्टेचरमा छोरी जन्माएकी छिन् । बाटैमा बच्चा जन्मे पनि सुत्केरीको अवस्थालाई ध्यानमा राखी सुत्केरीलाई स्टेचर मै राखेर स्वास्थ्य चौकीमा ल्याईएका थिए। सुत्केरी ल्याएको थाह पाउन साथ मालिका गाउँपालिका प्रमुखले तत्काल स्वास्थ्यकर्मीलाई सक्रिय बनाएर उनको स्वास्थ्य उपचार गराएका थिए । उनी स्टेचर मै सुत्केरी भएको थाह पाएपछि छिट्टै त्यहाँ मोटरबाटो पुराउने एक कार्यक्रममा उक्त ठाउँमा पुगेका श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्री गोकर्णराज बिष्टले गाउँपालिकालाई निर्देशन दिएका छन्।

    मालिका गाउँपालिका जिल्लाको सबै भन्दा विकट गाउँपालिका मानिन्छ । त्यहाँको दर्लिङ्ग दुनाम गाउँमा अझै मोटरबाटो पुग्न सकेको छैन । लिलिङ्ग गाउँ सहित त्यहाँका केहि गाउँका सेवाग्राहीहरु आठ घण्टा सम्मको बाटो हिडेर गाउँपालिका कार्यालय अर्खबाङ्ग ठुलाचौरमा सेवा लिन आउने गर्छन् ।

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    धनुषामा गोली हानेर वडाध्यक्षको हत्या
    जेन-जी प्रदर्शनको क्रममा ज्यान गुमाउनेको संख्या ५१ पुग्याे
    सुनको मुल्य हालसम्मकै उच्च, कतिमा हुँदैछ कारोबार ?
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    ताजा अपडेट
    • १. एनपीएलको दोस्रो सिजन आजबाट सुरु, उद्घाटन खेलमा जनकपुर र काठमाडौँ भिड्दै

    • २. प्रधानमन्त्रीसहित १० मन्त्रीले बुझाए सम्पत्ति विवरण

    • ३. जेनजीले प्रधानमन्त्रीलाई बुझाए सम्झाैताकाे मस्याैदा

    • ४. धनुषामा गोली हानेर वडाध्यक्षको हत्या

    • ५. मतदाता नामावली संकलन म्याद ५ दिन थपियो

    धेरै पढिएको

    हाम्रो बारेमा

    सूचना विभाग दर्ता न:१६८४/०७६-७७

    सम्पादक:किशोर पुन मगर

    संवाददाता:विन्दु खनाल 

    सम्पर्क

    स्वर्गद्वारी न. पा. ४, प्युठान

    मोबाइल नम्बर :९८६८६१९८८४ 

    E-mail :suchanadabalimedia@gmail.com

    फेसबुकमा हामी

    © 2020 suchanadabali.com | All rights Reserved.
     Website By :  nwTech.