• गृहपृष्ठ
  • समाचार
  • विश्व
  • अर्थ/बाणिज्य
  • राजनिती
  • स्वास्थ्य
  • खेलकुद
  • मनोरन्जन
  • प्रविधि
  • विज्ञान
  • शिक्षा
  • भिडियो
  • अन्तर्वाता
×
☰
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • गृहपृष्ठ
    • गृहपृष्ठ
    • समाचार
    • विश्व
    • अर्थ/बाणिज्य
    • राजनिती
    • स्वास्थ्य
    • खेलकुद
    • मनोरन्जन
    • प्रविधि
    • विज्ञान
    • शिक्षा
    • भिडियो
    • अन्तर्वाता

ट्रेण्डिङ :

        football खेलकुद cricket koche nepal.com power news covid-19 sports messi ट्रेक sandeep nepal

श्रीमानको काँध मै श्रीमति सुत्केरी,१४ बर्षमा पहिलो सन्तान


  •     / २०७५, ५ मंसिर बुधबार ०५:५२ प्रकाशीत

  • Advertisement
    Advertisement
    Advertisement

    बुटवल । श्रीमानको काँधमा मै एक महिला सुत्केरी भएकी छन् । गुल्मीको विकट गाउँ अर्खबाङ्गमा सुत्केरी ब्याथा लागेका महिला सुत्केरी गराउन स्वास्थ्य चौकी लाने क्रममा बाटै मै श्रीमानको काँधमा सुत्केरी भएकी हुन् ।

    मालिका गाउँपालिका वडा नम्वर ४ , साविक अर्खबाङ्गको काभ्रे निवासी २८ बर्षिया निरा घर्ति मगर स्टेचरमा बोकेर अर्खबाङ्ग ठुला चौरको स्वास्थ्य चौकीमा रहेको वर्थिङ्ग सेन्टरमा लादै गर्दा सुत्केरी भइन् । मोटर बाटो सुविधा नपुगेको काभ्रे गाउँबाट उनका श्रीमान यमबहादुर घर्ति मगरसहित चार जनाले स्टेचरमा बोकेर माथी अर्खबाङ्ग ठुलाचौरको स्वास्थ्य चौकीमा रहेको वर्थिङ्ग सेन्टरमा ल्याउँदै गर्दा घरबाट हिडालेको १० मिनेट नहुँदै स्टेचर मै श्रीमति सुत्केरी भएको श्रीमान यमबहादुर घर्तिले बताए ।

    यमबहादुरका अनुसार श्रीमति निराले १४ बर्षमा पहिलो सन्तान छोरी जन्माएकी थिइन् , भने १६ वर्षमा दोश्रो सन्तान छोरा जन्माइन् र अहिले यो तेश्रो सन्तानका रुपमा स्टेचरमा छोरी जन्माएकी छिन् । बाटैमा बच्चा जन्मे पनि सुत्केरीको अवस्थालाई ध्यानमा राखी सुत्केरीलाई स्टेचर मै राखेर स्वास्थ्य चौकीमा ल्याईएका थिए। सुत्केरी ल्याएको थाह पाउन साथ मालिका गाउँपालिका प्रमुखले तत्काल स्वास्थ्यकर्मीलाई सक्रिय बनाएर उनको स्वास्थ्य उपचार गराएका थिए । उनी स्टेचर मै सुत्केरी भएको थाह पाएपछि छिट्टै त्यहाँ मोटरबाटो पुराउने एक कार्यक्रममा उक्त ठाउँमा पुगेका श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्री गोकर्णराज बिष्टले गाउँपालिकालाई निर्देशन दिएका छन्।

    मालिका गाउँपालिका जिल्लाको सबै भन्दा विकट गाउँपालिका मानिन्छ । त्यहाँको दर्लिङ्ग दुनाम गाउँमा अझै मोटरबाटो पुग्न सकेको छैन । लिलिङ्ग गाउँ सहित त्यहाँका केहि गाउँका सेवाग्राहीहरु आठ घण्टा सम्मको बाटो हिडेर गाउँपालिका कार्यालय अर्खबाङ्ग ठुलाचौरमा सेवा लिन आउने गर्छन् ।

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    अनलाइन निवन्ध लेखन प्रतियोगिता सम्पन्न
    स्वर्गद्धारी जीप दुर्घटना : चारको मृत्यु, ११ घाईते
    स्वर्गद्वारीमा जीप दुर्घटना, २ जनाको मृत्यु
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    ताजा अपडेट
    • १. अनलाइन निवन्ध लेखन प्रतियोगिता सम्पन्न

    • २. अखिल नेपाल शिक्षक संघ जिल्ला कार्यसमितिको चाैथाे जिल्ला अधिवेशन सम्पन्न

    • ३. स्वर्गद्धारी जीप दुर्घटना : चारको मृत्यु, ११ घाईते

    • ४. स्वर्गद्वारीमा जीप दुर्घटना, २ जनाको मृत्यु

    • ५. एक महिनासम्म अनलाइन कक्षा सञ्चालन गर्ने सरकारको तयारी

    धेरै पढिएको
    • १. अनलाइन निवन्ध लेखन प्रतियोगिता सम्पन्न

    • २. स्वर्गद्वारीमा जीप दुर्घटना, २ जनाको मृत्यु

    • ३. एक महिनासम्म अनलाइन कक्षा सञ्चालन गर्ने सरकारको तयारी

    • ४. अखिल नेपाल शिक्षक संघ जिल्ला कार्यसमितिको चाैथाे जिल्ला अधिवेशन सम्पन्न

    • ५. स्वर्गद्धारी जीप दुर्घटना : चारको मृत्यु, ११ घाईते

    हाम्रो बारेमा

    सुचना विभाग दर्ता : १६८४/०७६-७७

    अध्यक्ष: शिशिर के सी

    सम्पादक:किशोर पुन मगर

    सम्पर्क

    कामपा २९ अनामनगर
    सम्पर्क ९८६८६१९८८४
    ई-मेल :suchanadabalimedia@gmail.com

    हामीसङ जोडीनुहोस्

    © 2020 suchanadabali.com | All rights Reserved.
     Website By :  nTech.