• गृहपृष्ठ
  • समाचार
  • विश्व
  • राजनिती
  • स्वास्थ्य
  • खेलकुद
  • मनोरन्जन
  • प्रविधि
  • विज्ञान
  • शिक्षा
  • भिडियो
  • अन्तर्वाता
×
☰
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • गृहपृष्ठ
    • गृहपृष्ठ
    • समाचार
    • विश्व
    • राजनिती
    • स्वास्थ्य
    • खेलकुद
    • मनोरन्जन
    • प्रविधि
    • विज्ञान
    • शिक्षा
    • भिडियो
    • अन्तर्वाता

ट्रेण्डिङ :

    football बुटवल खेलकुद cricket koche nepal.com power news sports messi covid-19 प्युठान अखिल (क्रान्तिकारी)

अनेरास्ववियू (क्रान्तिकारी) बुटवल बहुमुखीद्धारा छात्रा भेला सम्पन्न


  •    सूचना डबली संवाददाता / २०८१, ५ श्रावण शनिबार प्रकाशीत

  • Advertisement

    बुटवल, साउन ४ । अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी यूनियन (क्रान्तिकारी) रुपन्देही स्थित बुटवल बहुमुखी क्याम्पस मुल इकाई समितिले छात्रा भेला तथा सांस्कृतिक कार्यक्रम सम्पन्न गरेकाे छ ।

    सम्पूर्ण बामपन्थी प्रगतिशालि देशभक्ति तथा जनतान्त्रिक बिधार्थीहरु एक जुट हाै भन्ने मुल नारा सहित शुक्रबार माओवादी केन्द्रका लुम्बिनी प्रदेशका लुम्बिनी प्रदेश सदस्य तथा पूर्व सांसद दिपा वि.क.को प्रमुख अतिथ्यतामा उक्त छात्रा भेला सम्पन्न भएकाे हाे ।

    कार्यक्रमा बाेल्दै वि.क.ले यो देशको परिवर्तनका निमित्त ५० प्रतिशत महिलाहरु जनयुद्धमा होमिएकै कारण लामो सङ्घर्ष पछि मात्रै समावेशी समानुपातिक प्रणाली आएको बताइन । अहिले यो देशको रास्ट्रपति महिला बन्ने व्यवस्था पनि माओवादीको त्याग र बलिदानी नै आएको बताउदै विद्यार्थी हक हितका निम्ति विद्यार्थीहरुसंग सधै पार्टीले पनि थप समन्वय सहकार्य गर्ने बताइन ।

    त्यस्तै अध्यक्ष शिव बहादुर खवासले विगतका दिनहरुमा पनि विद्यार्थीका हरेक समस्या समाधान गर्दै अखिल क्रान्तिकारी अगाडि बढिरहेको बताउँदै अगामी दिनमा पनि यस क्याम्पस विद्यार्थी अनकुलका विभिन्न सृजनात्मक र रचनात्मक कार्यहरु गर्दै अगाडि बढ्ने प्रतिवद्ध व्यक्त गरे ।

    उक्त छात्रा भेलाले बुटवल बहुमुखी क्याम्पस कमिटी इकाइकाे छात्रा विभाग प्रमुखमा सिर्जु आचार्यको नेतृत्वमा ३४ सदस्यीय विभाग गठन गरेको छ । उपप्रमुखमा भावना रेग्मी ,बिमला पाेख्रेल, सुस्मिता के.सी. ,शुसिला भण्डारी,सपना जिसी, सम्झना ज्ञवाली, सचिवमा सपना पुरी सह-सचिवमा गोमा भण्डारी ,दिपिका न्यौपाने,कृष्ण विक रहेका छन । सदस्यमा जुना नेपाली, मनिषा पाण्डे, सृजना खरेल लगायत ३४ सदस्य रहेका छन।

    उक्त भेलामा माओवादी केन्द्रका लुम्बिनी प्रदेशका सदस्य टिका वली ,अनेरास्ववियू (क्रान्तिकारी )लुम्बिनी प्रदेश उपाध्यक्ष अम्बिका परियार ,क्याम्पसका पुर्व अध्यक्ष तथा केन्द्रिय सदस्य विष्णु ज्ञवाली ,केन्द्रिय सदस्य ज्योति थापा, छात्रा विभाग केन्द्रिय सदस्य रिया बस्नेत लगायतको उपस्थित रहेको थियो ।

    शिव बहादुर खवास संगमको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रमको सञ्चालन सचिव किरण महतरा गरेका थिए ।

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    प्रधानमन्त्रीसहित १० मन्त्रीले बुझाए सम्पत्ति विवरण
    जेनजीले प्रधानमन्त्रीलाई बुझाए सम्झाैताकाे मस्याैदा
    मतदाता नामावली संकलन म्याद ५ दिन थपियो
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    ताजा अपडेट
    • १. एनपीएलको दोस्रो सिजन आजबाट सुरु, उद्घाटन खेलमा जनकपुर र काठमाडौँ भिड्दै

    • २. प्रधानमन्त्रीसहित १० मन्त्रीले बुझाए सम्पत्ति विवरण

    • ३. जेनजीले प्रधानमन्त्रीलाई बुझाए सम्झाैताकाे मस्याैदा

    • ४. धनुषामा गोली हानेर वडाध्यक्षको हत्या

    • ५. मतदाता नामावली संकलन म्याद ५ दिन थपियो

    धेरै पढिएको

    हाम्रो बारेमा

    सूचना विभाग दर्ता न:१६८४/०७६-७७

    सम्पादक:किशोर पुन मगर

    संवाददाता:विन्दु खनाल 

    सम्पर्क

    स्वर्गद्वारी न. पा. ४, प्युठान

    मोबाइल नम्बर :९८६८६१९८८४ 

    E-mail :suchanadabalimedia@gmail.com

    फेसबुकमा हामी

    © 2020 suchanadabali.com | All rights Reserved.
     Website By :  nwTech.