
बुटवल, साउन ४ । अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी यूनियन (क्रान्तिकारी) रुपन्देही स्थित बुटवल बहुमुखी क्याम्पस मुल इकाई समितिले छात्रा भेला तथा सांस्कृतिक कार्यक्रम सम्पन्न गरेकाे छ ।
सम्पूर्ण बामपन्थी प्रगतिशालि देशभक्ति तथा जनतान्त्रिक बिधार्थीहरु एक जुट हाै भन्ने मुल नारा सहित शुक्रबार माओवादी केन्द्रका लुम्बिनी प्रदेशका लुम्बिनी प्रदेश सदस्य तथा पूर्व सांसद दिपा वि.क.को प्रमुख अतिथ्यतामा उक्त छात्रा भेला सम्पन्न भएकाे हाे ।
कार्यक्रमा बाेल्दै वि.क.ले यो देशको परिवर्तनका निमित्त ५० प्रतिशत महिलाहरु जनयुद्धमा होमिएकै कारण लामो सङ्घर्ष पछि मात्रै समावेशी समानुपातिक प्रणाली आएको बताइन । अहिले यो देशको रास्ट्रपति महिला बन्ने व्यवस्था पनि माओवादीको त्याग र बलिदानी नै आएको बताउदै विद्यार्थी हक हितका निम्ति विद्यार्थीहरुसंग सधै पार्टीले पनि थप समन्वय सहकार्य गर्ने बताइन ।
त्यस्तै अध्यक्ष शिव बहादुर खवासले विगतका दिनहरुमा पनि विद्यार्थीका हरेक समस्या समाधान गर्दै अखिल क्रान्तिकारी अगाडि बढिरहेको बताउँदै अगामी दिनमा पनि यस क्याम्पस विद्यार्थी अनकुलका विभिन्न सृजनात्मक र रचनात्मक कार्यहरु गर्दै अगाडि बढ्ने प्रतिवद्ध व्यक्त गरे ।
उक्त छात्रा भेलाले बुटवल बहुमुखी क्याम्पस कमिटी इकाइकाे छात्रा विभाग प्रमुखमा सिर्जु आचार्यको नेतृत्वमा ३४ सदस्यीय विभाग गठन गरेको छ । उपप्रमुखमा भावना रेग्मी ,बिमला पाेख्रेल, सुस्मिता के.सी. ,शुसिला भण्डारी,सपना जिसी, सम्झना ज्ञवाली, सचिवमा सपना पुरी सह-सचिवमा गोमा भण्डारी ,दिपिका न्यौपाने,कृष्ण विक रहेका छन । सदस्यमा जुना नेपाली, मनिषा पाण्डे, सृजना खरेल लगायत ३४ सदस्य रहेका छन।
उक्त भेलामा माओवादी केन्द्रका लुम्बिनी प्रदेशका सदस्य टिका वली ,अनेरास्ववियू (क्रान्तिकारी )लुम्बिनी प्रदेश उपाध्यक्ष अम्बिका परियार ,क्याम्पसका पुर्व अध्यक्ष तथा केन्द्रिय सदस्य विष्णु ज्ञवाली ,केन्द्रिय सदस्य ज्योति थापा, छात्रा विभाग केन्द्रिय सदस्य रिया बस्नेत लगायतको उपस्थित रहेको थियो ।
शिव बहादुर खवास संगमको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रमको सञ्चालन सचिव किरण महतरा गरेका थिए ।
