
प्यूठान, कार्तिक २ । प्यूठानको स्वर्गद्वारी नगरपालिकामा छैठौँ मेयर कप २०८१ शुरु भएको छ ।
शुक्रबार “ स्वास्थ्यको लागी खेलकुद राष्ट्रको लागी खेलकुद हाम्रो शान खेलाडी उत्पादन हाम्रो अभियान” मूल नाराको साथ स्वर्गद्वारी नगरपालिका ४ बाझिपुर खेलकुद मैदानमा नगर प्रमुख टेक प्रसाद भण्डारीले व्यानर पढेर उद्घाटन गरी सञ्चालन गरिएको हो ।
नगर प्रमुख टेक प्रसाद भण्डारीले खेल भनेको स्वास्थ्यलाइ स्वस्थ राख्न सँगै राष्ट्रको लागी उच्च स्थानमा पुर्याउने भएकाले खेलाडी उत्पादन गर्नु हाम्रो कर्तव्य भएकाले हरेक वर्ष मेयर कप सञ्चालन गर्दै आईरहेको बताए । नगर प्रमुख भण्डारीले खेलाडी हाम्रो गहना भएको बताउदै स्वर्गद्वारी नगरपालिकाको रञ्जिता भुसालले नेपालबाट गई भारतमा टेकान्डो खेलमा विजय भएर आउदा उनलाई नगरपालिकाले बधाई सँगै सम्मान गरेको बताएका थिए ।
त्यस्तै नगर उपप्रमुख मिनराज रानाले स्थानीय खेलाडीलाई केन्द्र सम्म पु¥याउनु हामी स्थानीय सरकारको दाहित्व भएको बताएका थिए । यूवाहरु खाली बस्नु भन्दा एकन एक क्षेत्रबाट जोडिदै जादा समाजमा पनि राम्रो प्रभाव हुने बताए ।
खेल सफल सम्पन्नको लागी जन प्रतिनिधि , राजनितिकदालका प्रमुख तथा प्रतिनिधिले पनि शुभकामना मन्तव्य राखेका थिए।
त्यसै गरी प्रमुख प्रशासकीय अधिकृत विमल रिजालले खेलकुद सफलताको शुभकामना व्यक्त गर्दै खेलकुद युवाहरुको लागि अनिवार्य रहेको बताए।
स्वर्गद्वारी खेलकुद विकास समितिका संयोजक दुर्गा बुढाथोकीको अध्यक्षतामा शुरु भएको कार्यक्रममा सुरक्षाकर्मी, पत्रकार , खेलप्रमी र स्थानीय लगायतको उपस्थित रहेको थियो। कार्यक्रममा स्वागत मन्तव्य उपाध्यक्ष मोहोनलाल गोराथोकीले राखेका थिए भने सञ्चालन कोषाध्यक्ष झइन्द्र भण्डारीले गरेका थिए ।
