• गृहपृष्ठ
  • समाचार
  • विश्व
  • राजनिती
  • स्वास्थ्य
  • खेलकुद
  • मनोरन्जन
  • प्रविधि
  • विज्ञान
  • शिक्षा
  • भिडियो
  • अन्तर्वाता
×
☰
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • गृहपृष्ठ
    • गृहपृष्ठ
    • समाचार
    • विश्व
    • राजनिती
    • स्वास्थ्य
    • खेलकुद
    • मनोरन्जन
    • प्रविधि
    • विज्ञान
    • शिक्षा
    • भिडियो
    • अन्तर्वाता

ट्रेण्डिङ :

    बुटवल football cricket खेलकुद koche nepal.com power news covid-19 sports प्युठान messi सिद्धार्थ गौतम बुद्ध क्याम्पस

स्थानिय युवाको प्रयास: विरामीलाई अस्पताल पुर्‍याउन टोलटोलमा स्टेचर वितरण


  •    सूचना डबली संवाददाता / २०८१, १८ मंसिर मंगलवार प्रकाशीत

  • Advertisement

    सुर्खेत, मंसिर १८ । वीरेन्द्रनगर नगरपालिका वडा नम्बर १६ का गाउँबस्तीसम्म पुग्ने सडक पूर्वाधार अवस्था कमजोर छ ।

    ग्रामिण सडक पुगेपनि गाउँगाउँसम्म सवारी साधन पुग्न भने अझै सकेका छैनन् । यहाँका स्थानीयहरु विरामी हुँदा समेत तत्काल एम्बुलेन्स सेवा पाउँदैनन् । यसले विशेषगरी सुत्केरी महिलाहरुलाई प्रत्यक्ष असर पर्दै आएको छ ।

    विरेन्द्रनगर १६ मा ९ वटा टोलहरु छन् । अधिकाँस टोलहरुमा विरामीलाई हस्पिटलसम्म लैजान स्टेचरकै भर पर्नुपर्ने अवस्था छ । पर्याप्त स्टेचर नहुँदा कतिपय विरामीहरुलाई अस्पतालसम्म लैजान पनि समस्या हुँदै आएको छ । यहि समस्यालाई समाधान गर्न का लागि स्थानीय युवा धर्म राज लामिछानेकाे अग्रसरता मा यतिबेला युवाहरुले सहयोग उठाएर टोलटोलमा स्टेचर प्रदान गरेका छन् ।

    सोमबार वडाका नौ ओटा टोल र स्वास्थ्यचौकीमा गरी १० ओटा स्टेचर प्रदान गरिएको छ । स्टेचर सहयोग गर्नेमा वीरेन्द्रनगर १६ का याम बहादुर रास्कोटी, देवीलाल खराल, धर्मराज लामिछाने, टिकाराम राना, वीरेन्द्रनगर १० का प्रकाश कुमार शाही, वीरेन्द्रनगर ४ का विशाल हमाल, वीरेन्द्रनगर १० का मिलन भण्डारी, वीरेन्द्रनगर ११ का योगेश नारायाण चपाईँ, सनम शर्मा र हुम्लाको सर्केगाड २ का धन बहादुर कार्की रहेका छन् ।

    स्थानीय युवाहरुको पहलमा विभिन्न युवाहरुको सहयोगमा भएको स्टेचर वितरणले गाउँमा विरामी हुँदा स्वास्थ्यचौकीसम्म लैजान सहयोग पुग्ने अपेक्षा गरिएको छ । कर्णाली प्रदेशको राजधानीमा पर्ने वडा भएपनि यो वडा अझै विकासका दृष्टिकोणले पछाडी परेको छ । सुत्केरी र विरामीलाई डोकोमा बोक्नपर्ने अवस्थाको अन्त्य गर्न स्टेचर वितरण गरिएको र यसमा स्थानीय सरकारको पनि ध्यानाकर्षण होस भन्ने अपेक्षा गरेको सहयोगी युवाहरुले बताएका छन् ।

    टोलटोलमा स्टेचर वितरण भएसँगै स्थानीय नागरिकहरुले समेत खुसी व्यक्त गरेका छन् । विरामीलाई हस्पिटलमा समयमै लिन नसक्दा धेरैको ज्यान जाने गरेको सम्झदै स्टेचरले स्वस्थ्यचौकीसम्म लैजान मदत पुग्ने स्थानीयले बताएका छन् । साथै युवाहरुलाई आगामी दिनमा गाउँघरसम्म एम्बुलेन्स सेवासम्म ल्याउनका लागी पहल गर्न समेत अनुरोध गरेका छन् ।

    कार्यक्रममा विभिन्न राजनितिक दलका प्रतिनिधि, जनप्रनिधि, टोल विकासका अगुवाहरु, महिला स्वंयमसेविका लगायतका स्थानीयहरुको उपस्थिती रहेको थियो ।

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    पूर्वपश्चिम राजमार्गको दाउन्ने खण्ड अवरुद्ध
    देशभर आज मेघगर्जन र चट्याङसहित पानी पर्ने सम्भाव
    लोडसेडिङझैँ झ्यापझ्याप विद्युत् कटौती : अखिल(क्रान्तिकारी )को ध्यानाकर्षण
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    ताजा अपडेट
    • १. पूर्वपश्चिम राजमार्गको दाउन्ने खण्ड अवरुद्ध

    • २. देशभर आज मेघगर्जन र चट्याङसहित पानी पर्ने सम्भाव

    • ३. यस वर्ष डेङ्गी सङ्क्रमण थप बढ्न सक्ने जोखिम : पूर्वतयारी र सावधानीमा जोड

    • ४. लोडसेडिङझैँ झ्यापझ्याप विद्युत् कटौती : अखिल(क्रान्तिकारी )को ध्यानाकर्षण

    • ५. लुम्बिनी प्रदेशको नीति तथा कार्यक्रम सार्वजनिक, कृषि, पर्यटन र सिँचाइ प्राथमिकतामा

    धेरै पढिएको
    • १. लोडसेडिङझैँ झ्यापझ्याप विद्युत् कटौती : अखिल(क्रान्तिकारी )को ध्यानाकर्षण

    • २. गुल्मीमा सिङ्गो गाउँ नै व्यावसायिक किबीखेतीमा

    • ३. यी हुन् आइपिएल २०२५ को प्लेअफ समीकरणबाट बाहिरीएका टिम

    • ४. पढ्ने विद्यार्थी नभएपछि बेनीका दुई विद्यालय बन्द

    • ५. त्रि.वि द्वारा बि.बि.एस प्रथम वर्षको नतिजा सार्वजनिक

    हाम्रो बारेमा

    सूचना विभाग दर्ता न:१६८४/०७६-७७

    सम्पादक:किशोर पुन मगर

    संवाददाता:विन्दु खनाल 

    सम्पर्क

    स्वर्गद्वारी न. पा. ४, प्युठान

    मोबाइल नम्बर :९८६८६१९८८४ 

    E-mail :suchanadabalimedia@gmail.com

    फेसबुकमा हामी

    © 2020 suchanadabali.com | All rights Reserved.
     Website By :  nwTech.